Thursday 23rd July 2026

बलात्कारको झुटा आरोप लगाउने १९ वर्षीया युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय


बलात्कारको झुटा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ। न्यायाधीश नविन कुमार जोशीले बलात्कारको झुटा आरोप लगाउने कमलबजार नगरपालिकाकी १९ वर्षीय युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको हो।ती युवतीले रामारोशन गाउँपालिका-४ बाटुलासैनका २० वर्षीय नन्दराम खनाललाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्दा दायर गरेकी थिइन्। विहेको लागि कुरा गर्न खनाल आफन्तसहित माघ १५ गते ती युवतीको घरमा गएका थिए। सोही दिन युवतीकै घरमा एकै कोठामा सुतिरहेको बेला एकपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्।

विवाह गरौंभन्दा युवकले घरमा मान्छे वितेको र उमेर पुगेपछि विहे गरौँलाभन्दा रिसले मुद्दा दायर गरेको ती युवतीले अदालतको बकपत्रमा उल्लेख गरेकी छन्। सहमतिमा करणी भएको र पछि रिसले जाहेरी दिएको व्यहोरा यवतीले बकपत्रमा उल्लेख गरेकी छन्।

पीडित भनिएकी युवतीले रिसले जाहेरी दिएको युवकलाई झुटा मुद्दामा फसाउन खोजेको तथ्य फेला परेको फैसलामा उल्लेख गरिएको छ। झुटा मुद्दामा फसाइएका प्रतिवादी नन्दराम खनालले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा यी प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने र झुटा जाहेरी दिएर प्रतिवादीलाई झुटा मुद्दामा फसाउने प्रयत्न गरेबापतमा ती किशोरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा (२) को देहाय ( क१) बमोजिम ३ (तीन) वर्ष ६ महिना कैद हुने फैसला सुनाएको हो।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...