Friday 2nd October 2026

चुनाव अघि भारत किन जानुभयो भनेर प्रधानमन्त्री ज्यूलाई सोध्छु- केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजिकिदै गर्दा प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई रहस्यमयी भएको बताएका छन्। अनेरास्ववीयुको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री फर्किएपछि भारत भ्रमण जानुको कारण सोध्ने बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यू विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि, किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला । यतिबेलासम्म जानुभएन, चुनाव अगाडि नै किन जानुभयो ।’

अध्यक्ष ओलीले गठबन्धन चल्न नदिनका लागि चारवटा चक्का फुकाल्नुपर्छ र ? भन्दै प्रश्न गरे। उनले भने,’ इन्जिन बन्द गर्नुपर्छ र । केहि गर्नै पर्दैन, छ्यास्स हावा खोलिदिएपछि हुन्छ, गठबन्धन सिधियो ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई पछि पलाएका एेजेरु भएको टिप्पणी गरे। ‘प्रचण्ड, माधव भनेका पछि पलाएका ऐजेरु हुन् । कांग्रेसको गठेहरुको शासनमा अर्थतन्त्र ध्वस्थ हुन लाग्यो । यस्तै, गरेर जिन्दगी विताउने हो । ’ओलीले नेपाली कांग्रेस जहिले पनि ‘थोत्रा र पत्रु तत्वहरू’ सँग मात्रै एकता गर्ने गरेको आरोप लगाए ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...