भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयको बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता, प्रहरी कल्याण कोषबाट लिएको ऋण मिनाहा तथा सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो। साथै, परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक…
नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै बेपत्ता छन्। उद्धार टोलीहरूले अहिले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका हुन सक्ने करिब ९०० कामदारको खोजी गरिरहेका छन्। सुरुङभित्र हावा, खाना र पानी भएको हुन सक्ने भएकाले त्यहाँ मानिसहरू जीवित रहेको…
प्रधानमन्त्री बालेन शाहले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापनाका कामलाई तीव्र रूपमा अघि बढाएको बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले हालसम्म करिब १२ हजार जनाको उद्धार गरिएको, प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा अस्थायी आवासको व्यवस्था गरिएको र पूर्वाधार पुनःस्थापनाको काम जारी रहेको जानकारी दिए।…
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म विभिन्न जिल्लाबाट ९८७ शव फेला परेका छन्। बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्तामध्ये सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी, भन्सार कर्मचारी तथा सर्वसाधारण रहेका छन्।…
भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू गरेको छ। प्रहरीका अनुसार १० चक्कासम्मका मालवाहक र ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधनका लागि पनि छुट्टै…
हालैको विनाशकारी विपत्तिपछि नेपाललाई स्वदेश तथा विदेशबाट सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय संस्था र सर्वसाधारण नागरिकमार्फत ठूलो मात्रामा राहत तथा सहयोग प्राप्त भइरहेको छ। यद्यपि विभिन्न माध्यमबाट आएको सम्पूर्ण सहयोगलाई एकै ठाउँमा जोडेर सार्वजनिक गरिएको आधिकारिक कुल रकम भने अहिलेसम्म स्पष्ट भइसकेको छैन। प्राप्त विवरणअनुसार प्रधानमन्त्री प्राकृतिक प्रकोप राहत कोषमा मात्रै करिब…
रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म पुग्न पहाडमा विस्फोट गरिरहेको र भित्र हावा आपूर्ति गर्ने प्रयास भइरहेको छ। नेपाल-तिब्बत सीमामा आएको विनाशकारी बाढीमा हालसम्म ९३९ जनाको मृत्यु भएको छ भने ३,९२५ जना अझै बेपत्ता रहेका छन्।…
भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट उक्त सहयोग उपलब्ध गराइने बताएका हुन्। नेपाली कांग्रेसले…
विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेको आशंकामा उद्धार टोलीहरू केन्द्रित भएका छन्। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेनाको टोली ड्रोनसहित प्रवेश गरे पनि त्यहाँ कुनै व्यक्ति फेला नपरेको जनाइएको छ। तर अपर त्रिशूली–१,…
रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो विवरणअनुसार देशभर ४,२४७ जना सम्पर्कविहीन रहेका छन् भने कम्तीमा ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकर्मीहरू विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका सयौं कामदारसम्म पुग्न…
![]()