Sunday 25th October 2026

लगातारको वर्षा र पहिरोका कारण देशका प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित


लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक अवरुद्ध भएको छ भने पहिरो हटाउन मेसिन परिचालन गरिएको छ।

पृथ्वी राजमार्गका कृष्णभीर, चौकीभीर, फिस्लिङ र चालिसेलगायत क्षेत्रमा सडक अवरुद्ध भएपछि रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। यस्तै, बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र डाइभर्सन बग्दा यातायात प्रभावित बनेको छ।

मध्यपहाडी राजमार्ग केही स्थानमा एकतर्फी सञ्चालनमा रहेको छ भने कालीगण्डकी करिडोरमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। तमोर, राप्ती र कर्णाली राजमार्गका विभिन्न खण्ड पनि पहिरोका कारण प्रभावित भएका छन्।

सडक विभागले अवरुद्ध सडक खुलाउन मर्मत तथा पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवासम्बन्धी विवाद चर्किएका बेला स्पेसएक्सका प्रमुख इलोन मस्कले युक्रेनले सेवाको प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्।…

प्रतिकृयाहरू
...