Saturday 26th September 2026

लगातारको वर्षा र पहिरोका कारण देशका प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित


लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक अवरुद्ध भएको छ भने पहिरो हटाउन मेसिन परिचालन गरिएको छ।

पृथ्वी राजमार्गका कृष्णभीर, चौकीभीर, फिस्लिङ र चालिसेलगायत क्षेत्रमा सडक अवरुद्ध भएपछि रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। यस्तै, बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र डाइभर्सन बग्दा यातायात प्रभावित बनेको छ।

मध्यपहाडी राजमार्ग केही स्थानमा एकतर्फी सञ्चालनमा रहेको छ भने कालीगण्डकी करिडोरमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। तमोर, राप्ती र कर्णाली राजमार्गका विभिन्न खण्ड पनि पहिरोका कारण प्रभावित भएका छन्।

सडक विभागले अवरुद्ध सडक खुलाउन मर्मत तथा पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका छन्।…

प्रतिकृयाहरू
...