Wednesday 21st October 2026

कांग्रेस संस्थापन इतर पक्षले मंसिर २१-२३ मा १५औँ महाधिवेशन गर्ने


पाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ।

शनिबार चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले महाधिवेशनको मिति घोषणा गरेका हुन्।

उनका अनुसार एकताको महाधिवेशनका लागि प्रयास गरिए पनि सहमति हुन नसकेपछि छोटो समयमै महाधिवेशन गर्नुपर्ने अवस्था आएको हो। महाधिवेशनको तयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरिने पनि उनले जानकारी दिए।

संस्थापन इतर पक्षले निर्धारित कार्यतालिकाअनुसार संगठनलाई महाधिवेशनतर्फ अघि बढाउने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...