Saturday 26th September 2026

कांग्रेस संस्थापन इतर पक्षले मंसिर २१-२३ मा १५औँ महाधिवेशन गर्ने


पाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ।

शनिबार चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले महाधिवेशनको मिति घोषणा गरेका हुन्।

उनका अनुसार एकताको महाधिवेशनका लागि प्रयास गरिए पनि सहमति हुन नसकेपछि छोटो समयमै महाधिवेशन गर्नुपर्ने अवस्था आएको हो। महाधिवेशनको तयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरिने पनि उनले जानकारी दिए।

संस्थापन इतर पक्षले निर्धारित कार्यतालिकाअनुसार संगठनलाई महाधिवेशनतर्फ अघि बढाउने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनसँगको युद्धमा सैनिकहरूको मनोबल बढाउन ६ सय वर्षभन्दा पुरानो सन्त योद्धा दिमित्री दोन्स्कोयको अवशेष युद्ध मोर्चामा पठाएको छ। रुसी…

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो…

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

प्रतिकृयाहरू
...