Sunday 25th October 2026

कालीगण्डकीको बाढीले पुल बगायो, पहिरोमा पुरिएकाको खोजी हुँदै


म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी नदीमा आएको बाढीले पोखरेबगर र नौलीबगर जोड्ने पुल बगाएको छ। पुल बगेपछि अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ सहित मुस्ताङसँगको सडक सम्पर्क विच्छेद भएको छ।

यस्तै, अन्नपूर्ण–५ गिवाङ र अन्नपूर्ण–३ फगाममा पहिरोले दुई घर पुरिएका छन्। घरमा परेका दुई जनाको खोजी कार्य जारी रहेको जनाइएको छ।

बेनी–जोमसोम सडकको खामभित्तामा कालीगण्डकी नदीले सडक कटान गरेको छ भने अन्नपूर्ण–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा उद्धार तथा क्षति मूल्याङ्कन कार्य गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...