Saturday 26th September 2026

प्रधानमन्त्री शाहले जलवायु न्यायको मुद्दा विश्वमञ्चमा उठाएर स्वदेश फर्किए


संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाहले महासभामा नेपालका प्राथमिकता, जलवायु परिवर्तनका चुनौती र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राखेका थिए। उनले हालैको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री शाहले नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोग्नुपरेको उल्लेख गर्दै जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणमा अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गरेका थिए।

अमेरिका भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्रीसँग समेत भेटवार्ता गरेका थिए। भेटमा जलवायु संकट, विपद्पछि पुनर्निर्माण र सहयोगका विषयमा छलफल भएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...