Wednesday 21st October 2026

प्रधानमन्त्री शाहले जलवायु न्यायको मुद्दा विश्वमञ्चमा उठाएर स्वदेश फर्किए


संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाहले महासभामा नेपालका प्राथमिकता, जलवायु परिवर्तनका चुनौती र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राखेका थिए। उनले हालैको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री शाहले नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोग्नुपरेको उल्लेख गर्दै जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणमा अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गरेका थिए।

अमेरिका भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्रीसँग समेत भेटवार्ता गरेका थिए। भेटमा जलवायु संकट, विपद्पछि पुनर्निर्माण र सहयोगका विषयमा छलफल भएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...