Wednesday 21st October 2026

बागलुङमा पहिरोमा परि एकै परिवारका ४ जनाको मृत्यु


बागलुङको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान घरमाथिबाट पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा श्यामकुमारी विक र उनका तीन छोरा मनोज विक, मुकेश विक तथा निसान विक रहेका छन्। लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा उनीहरूको ज्यान गएको हो।

घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी उद्धारमा खटिएका थिए। पहिरो पन्छाएर केही बेरअघि चारै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बागलुङसहित देशका विभिन्न क्षेत्रमा केही दिनदेखि लगातार वर्षा भइरहेका कारण पहिरो र बाढीको जोखिम बढेको छ। अधिकारीहरूले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...