Sunday 27th September 2026

बागलुङमा पहिरोमा परि एकै परिवारका ४ जनाको मृत्यु


बागलुङको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान घरमाथिबाट पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा श्यामकुमारी विक र उनका तीन छोरा मनोज विक, मुकेश विक तथा निसान विक रहेका छन्। लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा उनीहरूको ज्यान गएको हो।

घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी उद्धारमा खटिएका थिए। पहिरो पन्छाएर केही बेरअघि चारै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बागलुङसहित देशका विभिन्न क्षेत्रमा केही दिनदेखि लगातार वर्षा भइरहेका कारण पहिरो र बाढीको जोखिम बढेको छ। अधिकारीहरूले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ वटा घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे…

उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार वर्षा र हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। भूकम्पबाट प्रभावित भएर पाल तथा चर्किएका घरमा…

रूस र युक्रेनबीच पछिल्लो २४ घण्टामा भएका आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...