Sunday 25th October 2026

बाढीपहिरोका कारण देशका मुख्य सडक अवरुद्ध


अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।

धादिङको कृष्णभीरसहित पृथ्वी राजमार्गका सात स्थानमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पनि अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ।

यस्तै, ललितपुरतर्फ कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खसेको छ भने काभ्रेको रोशी क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग पनि अवरुद्ध भएको छ।

जोखिम बढेकाले केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा पनि रोक लगाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...