Sunday 25th October 2026

सप्तरीमा बाढीको कहर, १ सय ५७ घर डुबानमा


सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका छन्।

तिलाठी कोइलाडीका १७ घर तथा हनुमाननगर कंकालिनीका १ सय ४० घरमा बाढी पसेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्। घरभित्र पानी पसेर खाद्यान्न तथा अन्य सामग्रीमा क्षति पुगेको छ।

बाढी प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने स्थानीय तह र सुरक्षा निकायले राहत तथा उद्धारको काम गरिरहेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा खानपिन र बसोबासको समस्या बढेको छ।

स्थानीयका अनुसार सप्तकोशी नदीमा पानीको बहाव बढ्नेबित्तिकै यस क्षेत्रमा हरेक वर्ष बाढीको समस्या दोहोरिने गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवासम्बन्धी विवाद चर्किएका बेला स्पेसएक्सका प्रमुख इलोन मस्कले युक्रेनले सेवाको प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्।…

प्रतिकृयाहरू
...