Sunday 25th October 2026

हुम्लामा ४८ वर्षयताकै ठूलो वर्षा, पहिरोको जोखिम बढ्यो


हुम्लामा पछिल्लो ४८ वर्षयताकै ठूलो वर्षा भएको छ। मौसम तथा जलवायु विज्ञान कार्यालयका अनुसार शुक्रबार दिउँसोदेखि शनिबार दिउँसोसम्मको २४ घण्टामा सदरमुकाम सिमकोटमा ११४.८ मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसमविद्हरूका अनुसार सिमकोटमा सन् १९७८ यता भएको यो सबैभन्दा ठूलो वर्षा हो। भारी वर्षापछि हुम्लासहित जाजरकोट, कालीकोट, मुगु, जुम्ला र सल्यानका विभिन्न स्थानमा पहिरो गएको छ।

सम्बन्धित जिल्लाका प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...