Tuesday 15th September 2026

कुवेतमा विदेशी कामदारलाई ऋण दिन बैंकहरूको कडाइ


कुवेतका बैंकहरूले विदेशी कामदारलाई ऋण दिने नियम कडा बनाएका छन्। रोजगारी गुम्न सक्ने जोखिम र कुवेतीकरण नीतिका कारण बैंकहरू अहिले ऋण स्वीकृतिमा बढी सतर्क भएका हुन्।

अब बैंकहरूले सबै विदेशीलाई सजिलै ऋण नदिई जागिरको स्थिरता, तलब र सेवाको अवधि हेरेर मात्र ऋण दिनेछन्।

डाक्टर, इन्जिनियर, स्वास्थ्यकर्मी, आईटी तथा एआई क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई भने सुरक्षित पेशामा रहेको मान्दै प्राथमिकता दिइनेछ।

त्यस्तै, एउटै संस्थामा लामो समयदेखि काम गरेका, राम्रो तलब भएका र राम्रो बैंकिङ इतिहास भएका कर्मचारीले ऋण पाउने सम्भावना बढी रहनेछ। विशेषगरी १० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई कम जोखिमयुक्त ग्राहकका रूपमा हेरिएको छ।

बैंकहरूले विदेशीलाई ऋण दिन बन्द गरेका छैनन्, तर अब जागिर सुरक्षित छ कि छैन भन्ने आधारमा मात्र ऋण स्वीकृत गर्ने नीति अपनाएका छन्।

स्रोतः https://www.arabtimesonline.com/news/kuwait-banks-slam-brakes-on-expat-loans-amid-kuwaitization-and-job-cuts/


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर…

प्रतिकृयाहरू
...