Sunday 14th June 2026

कुवेतमा मिर्गौला पीडित बनेकी अञ्जु माया स्याङ्तानलाई आर्थिक सहयोग


कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ। नेवा: गुठी कुवेतकी लक्ष्मी श्रेष्ठको पहलमा ४५० कुवेती दिनार (करिब २ लाख २१ हजार नेपाली रुपैयाँ) संकलन गरी उपचार सहयोगार्थ हस्तान्तरण गरिएको हो।

निज स्याङ्तानको अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल गइ चेक जाँच गर्ने क्रममा मिर्गौलामा समस्या देखिएको र प्रवासी श्रमिक उनको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन कठिनाइ भएको जनाइए पछि अर्थ संकलन गरि सहयोग प्रदान गरिएको हो । यसैबिच बिरामीको अबस्था बारे प्रारम्भिक जानकारी नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष श्री बलबहादुर काम्बाङलाइ प्राप्त भएपछि कुवेत स्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूले अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

हाल कुवेतमै उपचार भइरहेको छ र आवश्यक परे नेपालमा पनि थप उपचार गर्नुपर्ने भएकोल अझ थप आर्थिक र मानवीय सहयोग आवश्यक भएकाले कुवेतस्थित नेपाली समुदायसँग सहयोगका लागि अपिल गरिएको छ।

बिरामी र उनका परिवारले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् भने सम्बन्धित संस्थाहरूले भविष्यमा पनि यस्ता मानवीय सेवामूलक कार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

अमेरिकी नौसेनाको कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। विश्व राजनीतिमा पछिल्ला दुई दशकदेखि…

प्रतिकृयाहरू
...