Saturday 15th August 2026

कुवेतमा प्रथम बाग्लुङ-मुजैनी कप भलबिल प्रतियोगिता, १२ देखि १८ डिग्रिको आनन्दित तापक्रममा खेलाइदै


“प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता – २०२५” आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा हुने भएको छ । अलमुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा बागलुङ सेवा समाज कुवेतले नेपाली समुदाय भित्रका खेलकुद टिमहरूबिच सम्पन्न गर्न लागेको यो भलिबल प्रतियोगिता यस वर्षको अन्तिम प्रतियोगिताको रूपमा हुन लागेको हो । कुवेतमा जाडो शुरू भएपछि वर्षको अन्तिम हप्तामा खेलाउन लागिएको उक्त भलिबल प्रतियोगित “क्रिसम डे” को भोलिपल्ट हुन लागेको हो ।

१० भलिबल टिमले सहभागिता जनाउन लागेको उक्त भलिबल प्रतियोगितालाई भव्य र सभा रूपमा सफल बनाउनआयोजक बागलुङ सेवा समाज कुवेत ले कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी, प्रतिनिधि एवं पत्रकार, खेलाडी, समाजसेवी, बुद्धिजीवी लगायत भलिबल खेल प्रति रुचि हुने सबैलाई भलिबल खेल हेर्न खेल मैदानमा उपस्थित भइदिन हार्दिक निमन्त्रणा गरेको छ।

खेल सफल रुपमा सम्पन्न गर्नको लागि प्राविधिक रुपमा सम्पुर्ण तयारी पूरा भईसकेको बाग्लुङ सेवा समाजका अध्यक्ष दिपक कुमार नेपालीले मिडियासँगको कुराकानीमा बताए ।

मध्यम जाडो मौसम हुने भएकोले आमन्त्रित सम्पुर्ण दर्शक-पाहुनाहरुलाई न्यानो कपडा लगाएर खेल मैदानमा आउनलाई आयोजकले अपिल गरेको छ ।

स्मरण रहोस, परदेशमा श्रम गरेर कमाएको पैसा सधैं वैधानिक माध्यमबाट स्वदेशमा विप्रेषण गर्न उत्प्रेरित गर्ने अल मुजैनी एक्सचेन्जले नेपाली समाज कुवेतमा हुने हरेक खेलकुद प्रतियोगिता र सांस्कृतिक गतिविधिमा सधैं हातेमालो र सहकार्य गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...