Thursday 30th October 2025

नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले सपथ लिंदै


पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् भने उनलाइ केही बेरमा सपथ खुवाउने कार्यक्रम रहेको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।

मोरङमा एक किसान परिवारमा जन्मेर विराटनगरबाट कानुन व्यावसाय सुरु गरेकी उनी सोझै सर्वोच्च अदालतको न्यायाधीश बनेकी थिइन् । न्यायपालिकामा रहँदा हक्की र इमान्दार स्वभावका कारण चर्चामा आएकी पूर्वप्रधानन्यायाधीश कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।

केही वर्षयता मुलुकको राजनीतिक तहमा देखिएको विकृति र विसंगतिमाथि तिखो टिप्पणी गर्दै आएकी कार्कीको नाममा आन्दोलनकारी जेनजीका प्रतिनिधिदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रमुख राजनीतिक दलहरूले सहमति दिएका हुन् ।

जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

प्रतिकृयाहरू
...