Monday 3rd August 2026

कुवेतमा “रूपन्देही सेवा समाज कुवेत” गठन, अध्यक्षमा मित्र भक्त आचार्य


“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफ्नो जिल्ला “रूपन्देही ” को सामाजिक बिकासमा केही टेवा पुर्‍याउने र यहा भएका रूपन्देही बासीहरुलाइ एकजुट गराएर हर सुख – दु:खमा सक्दो साथ दिने र कुवेतको नेपाली समाजमा प्रत्यक्ष या अप्रतक्ष्य रुपमा सहकार्य गर्ने उद्देश्यका साथ मित्र भक्त आचार्यको अग्रसरतामा आज मिति सेप्टेम्बर २७ तारिख शुक्रबार २०२४ को दिन कुबेतको फरवानिया स्थित फरवानिया पब्लिक पार्क मा कुवेतमा भएका रूपन्देहीबासीहरूलाइ जम्मा गराइ अॏपचारीकरूपमा संस्थाको प्रथम भेला बस्यो, उक्त भेलाले रूपन्देही सेवा समाज कुवेत गठन गर्नुको साथै मित्र भक्त आचार्य को अध्यक्षत्मा (१३ सदस्यीय) कार्यकारिणी समिति समेत गठन गरेको छ।

रूपन्देही सेवा समाज कुवेतको कार्यकारिणी समितिमा निम्न पदाधिकारिहरु चयन भएका छन्:
अध्यक्ष – मित्र भक्त आचार्य
उपाध्यक्ष – राज भण्डारी
महिला उपाध्यक्ष – आशा थापा
सचिव – चोकलाल भुर्तेल
सहसचिव – मनिषा शर्मा
कोषाध्यक्ष – (अर्को बैठकमा चयन गरिने)
अर्थ संयोजक/लेखा – (अर्को बैठकमा चयन गरिने)
का.स.सदस्य – होम जंग क्षेत्री
का.स.सदस्य – अनिल गॏतम
का.स.सदस्य – गम बहादुर पुन
का.स.सदस्य –नारायण अधिकारी
का.स.सदस्य – जागिसरा सारू
का.स.सदस्य – उमा पॏडेल
सल्लाहकार – गम बहादुर सुनार
सल्लाहकार – हेमन्त नगरकोटी रहनु भएको छ भने समाजले कुवेतमा रहेका अन्य नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावास सँग समन्वय गरि अघि बढ्ने र अब चाडै नै अधिवेशन गर्ने रूपन्देही सेवा समाज कुवेतको योजना रहेको अध्यक्ष मित्र भक्त आचार्यले जानकारी दिनुभयो । भेला लाई समाजको सदस्य चोकलाल भुर्तेल र सल्लाहकार गम बहादुर सुनारले सन्चालन गरेका थिए।

पुनश्चः अध्यक्ष आचार्यले कुवेतमा भएका सबै रूपन्देहीबासीहरूलाइ फेसबुक मार्फत वा 66469060 नम्बरमा सम्पर्क गरी संस्थामा आवद्द हुन समेत आग्रह गर्नुभएको छ ।


सम्बन्धित शीर्षकहरु

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

चीनका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेका कारण सरकारले उच्च सतर्कता अपनाएको छ। विशेष गरी शान्सी, सिछुवान, चोङकिङ, गुइझाउ, ग्वाङ्सी…

प्रतिकृयाहरू
...