Wednesday 4th March 2026

कुवेतमा आममाफी-नियम उल्लंघनकर्ताहरुको लागी सुनौलो अवसर!


तीतोपाटी- कामको खोजीमा प्रत्यक वर्ष लाखौ नेपाली श्रमिकहरु वैदेशिक रोजगारीको लागी खाड़ीमुकुल जाने क्रम क्रमशः बढ्दो देखीन्छ। विशेषगरी खाडी मूलुक र मलेसिया प्रमुख गन्तव्यको रूपमा देखिएको छ। देशका सबै जिल्लाहरुबाट युवा बिदेशिएको अवस्था छ। जब युवाहरु घर छोडेर हिडे अनी ठगीमा पर्न सुरू भयो।

खाडीमा जब युवाहरु दुर्व्यवहार र शोषित हुन पुग्छन अनी भागेर बाहिर काम गर्न बाध्य हुन्छन। वैदेशिक रोजगारीको लागी जानु पुर्वनै आफ्नै देशबाट सुरू हुन्छ ठगीन नेपालमै रहेका बिचौलिया र एजेण्टहरुले काम तलब र काम गर्ने अवस्थाको बारेमा लगातार झुट बोल्दै आएको पाइन्छ। एजेण्टको चिप्लो भाषामा परी जब युवा खाड़ी आए अनी भने जस्तो काम पाएनन त्यसपछी युवाहरू अवैधानिक रूपमा काम गर्न बाध्य हुने गर्दछन।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले गत मार्च १७ तारीख देखी जारी निर्णयानुसार कुवेतको आवासीय कानुन उल्लंघनकर्ता विदेशी नागरिकहरूले आफ्नो कानुनी वैधता कायम गर्न वा कुवेत छाडेर स्वदेश फिर्ती जान ३ महीना अर्थात आगामी जुन १७ सम्म आम माफीको ढोका खोलीदिएको छ।

थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लंघनकर्ता विदेशी नागरिकहरूले आफ्नो कानुनी वैधता कायम गरेको नपाइएमा निजहरूलाई कुवेत सरकारको कानुनबमोजिम गरीने बताउदै, उक्त समयावधिमा आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट संगै कडा भन्दा कडा कारवाई गरीने कुवेतस्थित गृहमन्त्रालयले जनाएको छ।

यस्तै मकवानपुर घर भएका रन बहादुरले आफू अहिले भागेर बाहिर काम गरीरहेको बताए। उनी आज भन्दा चार वर्ष अघि कुवेतको बिल्डिंग कोंट्रक्सनमा आएको तर कम्पनीले समयमा तलब नदिने लगायत अन्य कुनै सुविधा नदिएकोले आफू भागेर काम गरेको बताए अब कुवेत सरकारले आममाफी दिएको यस मौकामा जसरी पनी नेपाल फर्कीएर पुन वैदेशिक रोजगारीको लागी राम्रो संग बुझेर जाने र अन्य नेपालीहरुले पनी सत्यतथ्य बुझेर मात्र विदेश जानू पर्ने बताए।

कैलाली घर भएका, सुदीप, आफुले विमानस्थलमा सम्झौतापत्र प्राप्त गरे तर उक्त सम्झौतापत्र अंग्रेजीमा रहेकोले एजेण्टले नेपालीमा अनुवाद गरीदियो। ८ घण्टा काम गरेवापत मासिक १२० केडी ओभर टाईम, हप्ताको एक छुट्टी र अन्य सुविधा रहेको सुनाए। तर जब कुवेत आए अनी आफु ठगिएको बताए सोही कारण अहिले भागेर काम गरेको र अब भने नेपाल फर्कीने आस पलाएको जनाए।

नेपालको, नवलपुर जिल्ला घर बताउने चन्द्रकला, अहिले कुवेतमा अवैधानिकरूपमा कार्यरत छीन उनी आज भन्दा सात वर्ष अघि एजेण्ट मार्फत तेश्रो बाटो हुदै घरायसी कामदारको लागी भनी कुवेत आएको बताइन, तर जुन सोच र सपनाको भारी बोकेर सुनौलो भविष्य कोरी कुवेत आएकी थीइन सोही अनुरूप आफूले काम र दाम नपाएको उल्टो घर मालिकको यातना संगै श्रम शोषण हुनु परेको बताउदै घरबाट भागेर बिगत चार वर्षदेखी अवैधानिकरूपमा रहदै बाहिर काम गरेको बताइन। संगै यो आम माफीमा अब नेपाल फर्कीन पाउने भन्दै खुसी व्यक्त गरीन।

बैताडी जिल्ला घर, हाल कुवेतमा रहदै आएकी एक जना नेपाली महिला बिगत एकवर्ष देखी अवैधानिक रूपमा कार्यरत छीन।उनी भन्छीन सोचे जस्तो रहीनछ कुवेत जे सोचेर कुवेत आएको थिए त्यो भन्दा ठीक उल्टो भयो अब नेपाल फर्कीएपछी कहिले पनी विदेश नजाने दुःख सुख नेपालमै गरी खाने बताइन।

कुवेत सरकारले आममाफीको घोषणा गरे संगै कोसेली मीडियाको टिम कुवेतमा अवस्थित अवैध नेपालीहरु संग कुराकानीको क्रममा भेट भएका सबैले नेपाल फर्कीन पाउने भन्दै खुसी व्यक्त गरे।

कुवेत सरकारद्वारा आममाफीको घोषणा संगै सयौ अवैधानिक अवस्थामा रहेका नेपालीहरुले राहत पाउने छन। सरकारको यो निर्णय संगै अवैधानिक श्रमिकहरुलाई स्वदेश फर्कीने सुनौलो अवसर पनी हो। अहिले आममाफीको सही ढंगले सदुपयोग गरी नेपाल फर्कीन आम नेपाली श्रमिकहरुलाई कुवेतको नेपाली समाजले पनी आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...