Monday 8th June 2026

क्यान्सर पीडित बालकको सहयोगार्थ कुवेतमा प्रदर्शन हुँदै नेपाली चलचित्र “चित्रा”


तीतोपाटी- क्यान्सर पीडित बालकको सयोगार्थ नेपाली चलचित्र “चित्रा” कुवेतमा प्रदर्शन हुने भएको छ। नेपाली परोपकार समाजको पहलमा फेब्रुअरी २९ देखि प्रदर्शन गर्न लागिएको हो। रामेछापका क्यान्सर पिडित बालक उज्वल तामाङको सहयोगार्थ प्रदर्शन गर्न लागिएको हुदा कुवेतवासी सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई चलचित्र हेरि पुन्य कार्यमा सहभागी हुन समाजका अध्यक्ष धिरेन सुबेदीले अनुरोध गरेका छन ।

सन्तोष अधिकारीको प्रस्तुति अर्पण थापा, प्रमोद अग्रहरी, सन्तोष अधिकारी, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराइली र सिमरन खड्का मुख्य अभिनय रहेको छ । घनश्याम लामिछानेको निर्देशनमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । आसप इन्टरटेनमेन्ट आशिष थापा मगरको निर्मातृत्वमा बनेको यो चलचित्रको कथा अजय अधिकारीले लेखेका छन् भने पटकथा र संवाद मनिष गौतमको रहेको छ। चलचित्रको निर्माण प्रमुख प्रतिमा थापा हुन् भने लाइन प्रोड्युसर कृष्ण बद्र थापा रहेका छन्।

तारानाथ न्यौपाने प्रमुख सहायक निर्देशक हुन् । सम्पादन बनिश शाह र सन्देश शाहले गरेका छन् भने फिल्म मिक्सिङ मुकेश शाहले गरेका छन् । दीक्षित पौडेलले गीत एरेन्ज गरेका छन् भने श्याम स्वेत रसाइलीले गीत मिक्सिङ गरेका छन्। गीत/संगीत राजनराज शिवाकोटीको रहेको यस चलचित्रमा गायकहरू मिलन नेवार र राजनराज शिवाकोटी नै रहेका छन् । डबिङ सुजन बादलले गरेका छन् भने महेश पौडेले डेप गरेका छन् ।

नेपाली परोपकारी समाजले स्थापनाकालदेखि नै विभिन्न राहत उद्दारका कार्यहरूमा सहयोग गर्दै अाएको छ भने यस पटक क्यान्सर पीडित बालकको उपचार सहयोगार्थ कुवेतमा नेपाली चलचित्र “चित्रा” प्रदर्शन गर्न लागेको हो ।


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...