Sunday 12th May 2024

क्यान्सर पीडित बालकको सहयोगार्थ कुवेतमा प्रदर्शन हुँदै नेपाली चलचित्र “चित्रा”


तीतोपाटी- क्यान्सर पीडित बालकको सयोगार्थ नेपाली चलचित्र “चित्रा” कुवेतमा प्रदर्शन हुने भएको छ। नेपाली परोपकार समाजको पहलमा फेब्रुअरी २९ देखि प्रदर्शन गर्न लागिएको हो। रामेछापका क्यान्सर पिडित बालक उज्वल तामाङको सहयोगार्थ प्रदर्शन गर्न लागिएको हुदा कुवेतवासी सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई चलचित्र हेरि पुन्य कार्यमा सहभागी हुन समाजका अध्यक्ष धिरेन सुबेदीले अनुरोध गरेका छन ।

सन्तोष अधिकारीको प्रस्तुति अर्पण थापा, प्रमोद अग्रहरी, सन्तोष अधिकारी, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराइली र सिमरन खड्का मुख्य अभिनय रहेको छ । घनश्याम लामिछानेको निर्देशनमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । आसप इन्टरटेनमेन्ट आशिष थापा मगरको निर्मातृत्वमा बनेको यो चलचित्रको कथा अजय अधिकारीले लेखेका छन् भने पटकथा र संवाद मनिष गौतमको रहेको छ। चलचित्रको निर्माण प्रमुख प्रतिमा थापा हुन् भने लाइन प्रोड्युसर कृष्ण बद्र थापा रहेका छन्।

तारानाथ न्यौपाने प्रमुख सहायक निर्देशक हुन् । सम्पादन बनिश शाह र सन्देश शाहले गरेका छन् भने फिल्म मिक्सिङ मुकेश शाहले गरेका छन् । दीक्षित पौडेलले गीत एरेन्ज गरेका छन् भने श्याम स्वेत रसाइलीले गीत मिक्सिङ गरेका छन्। गीत/संगीत राजनराज शिवाकोटीको रहेको यस चलचित्रमा गायकहरू मिलन नेवार र राजनराज शिवाकोटी नै रहेका छन् । डबिङ सुजन बादलले गरेका छन् भने महेश पौडेले डेप गरेका छन् ।

नेपाली परोपकारी समाजले स्थापनाकालदेखि नै विभिन्न राहत उद्दारका कार्यहरूमा सहयोग गर्दै अाएको छ भने यस पटक क्यान्सर पीडित बालकको उपचार सहयोगार्थ कुवेतमा नेपाली चलचित्र “चित्रा” प्रदर्शन गर्न लागेको हो ।


सम्बन्धित शीर्षकहरु

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

प्रतिकृयाहरू
...