Tuesday 6th October 2026

अमेरिकाबाट प्रतिष्पर्धा गर्न आएका किरण गजमेर बने “भ्वाइस अफ नेपाल सिजन-३” विजेता


तीतोपाटी – अमेरिकाबाट नेपाल आएर  चर्चित रियालिटी शो  “भ्वाइस अफ नेपालको  सिजन–३ को प्रतिष्पर्धामा भिडेका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’   बनेका छन् ।
दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् ।

टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । भुटानी  शरणार्थी शिवरमा जन्मेका उनी नेपालबाट अमेरिका पुनर्स्थापित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...