Sunday 9th November 2025

कविताः वीरबहादुर -जमुना पौड्याल


शिर नझुकाऊ वीरबहादुर
नाक नजोत वीरबहादुर
कति भक्त र पुजारी बन्छौ?
भगवानले तिम्रो लाचारी देखेनन्
आफ्नै प्रतिष्ठाको लागि
तिमीलाई भक्त बनाए
हात जोडाउँदै छन्
हाड घोटाउँदै छन्
नाक जोताउँदै छन् ।

बिक्री नगर स्वाभिमानको सगरमाथा
बिक्री नगर पसिनाको सुगन्ध
बिक्री नगर पौरखी शान
बिक्री नगर पुर्खाको गर्विलो इज्यत
गोर्खेलीका सन्तान हौ तिमी
भोकै लड्न सक्छौ
प्यासै मर्न सक्छौ
तर तिमी कहिल्यै मर्नु हुन्न
इतिहासको पानाबाट
लेखाऊ सुनौलो भविष्य
तिमी भगवान बन्नुपर्छ ।

अब तिमी बाँदर बन्नु हुन्न
अब तिमी भेँडा बन्नु हुन्न
भेँडा र बाँदर बनाऊ तिम्रा भगवानलाई
जसले तिम्रो भविष्य थुनेको छ
जसले तिम्रो भाग्यमा कालो पोतेको छ
अब मुटुमा आँट र हिम्मत
पाखुरीमा बल र शक्ति
उमार वीरबहादुर
लखेट ढेँडुहरूलाई
जसले बारम्बार तिमीलाई
भेँडाबाख्रा बनाएर लखेटिरहन्छ
अब उठ, जाग वीरबहादुर
तिमी भगवानको आसनमा बस्नुपर्छ ।

-जमुना पौड्याल, विराटनगर-३


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...