बढीराछन् दिनानुदिन हाम्रै माझ कहरहरु ,
बिरानीँदै गैरहेछन् आफ्नै गाउँ शहरहरु ।
संजिवनी दिलाउने अमृतका बोटहरुमा ,
जता गयो त्यतै देख्छु फलेका ती जहरहरु ।
हत्याहिंसा बलत्कार अशान्तीको चपेटाले ,
रगत आँशुको पो हजुर बनीराछन् नहरहरु ।
***
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश २०७७ चैत्र ०२