Monday 26th October 2026

कविताः मेरो सपना -इन्द्र बान्तवा ‘देवा’


हिडेथें म सपना खोज्न हरायो कहाँ,
गरेथें संघर्ष सपना भेट्न अल्पियो कहाँ ।
दौडाएथे कल्पना अविराम गतिले जहतहा,
बिउझि हेर्दा म त छक्क कहाँ पुगे कहाँ ।।

सपनालाइ पूरा गर्न शुरु गर्ने कहाँ,
सपनालाइ सजाउन के गर्ने कहाँ ।
बाटो कुन हो देखाउने कोहो म पुगे कहाँ,
सीप के हो उदेश्य के हो बुज्नुछ मैले यहाँ।।

बाटो पो कतै अर्कै पो पर्यो सोध्ने कहाँ ,
तन्किदै जान्छ क्षितिजसरि भेटाउ म महा ।
सपना मेरो पूरा गर्ने बिश्चास अटल यहाँ,
पछ्याउछु म सपनालाइ यहिछ उदेश्य यहाँ ।।

-इन्द्र बान्तवा ‘देवा’
कटुन्जे, भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...