Tuesday 27th October 2026

कविताः परदेशको आत्मा -नारायण कोइराला


बाँच्ने रहर हुँदा हुँदै पनि
कहिले काँही दिमाग बन्जर बन्दो रहेछ
हाँस्ने र बाच्ने आश हुँदा हुँदै पनि
मृत्युको मुखमा जाने हिम्मत आउँदो रहेछ

आशा कसरी मर्छन मरुभूमिमा बुझ्न पाइएन
आजभोलि किन परदेश आत्मा हत्या रोक्न सकिएन
दिनदिनै यस्ता घटना किन बढी रह्यो
किन यस्तो भयो भनि सोच्ने बेला आयो

सन्तानलाई घरमा एक्लो बनाएर
किन आत्मा हत्या रोजिदै छ
जतिसुकै कष्ट दुःख परें पनि शेयर गरौं साथी
आवेगमा आएर मृत्युको गला न लगाउन परदेशीमा साथी

दुःख र कष्ट के हो , त्योत पर्नेलाई जो थाहा छ
फेरिपनि कोसिस गरौं बाच्य अवस्य केही हुन्छ
परदेसी साथीभाइ आत्मा हत्या गर्दा कस्तो बेदना छाउँछ
आफुपनि परदेशी भएकोले आँखा भरी आँसु आउँछ

त्यसैले अब आत्माको हत्या होइन सम्मान गरौ
जसरी हुन्छ परदेशमा सहयोगी बनौं
मृत्युपछि के हुन्छ ,कसलाई के थाहा?
बाचौं सबै मिली लिएर माया अथाह।

नारायण कोइराला
तानसेन पाल्पा
हाल यूएई।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...