Monday 18th May 2026

आर्थिक अभावका कारण स्वदेश फर्कन नपाएका नेपालीहरूलाइ एनआरएन कुवेतले सहयोग गर्ने


तीतोपाटी –  कोभिड-१९ को महामारीको कारण रोजगारी गुमाएर बेखर्ची भइ घर फर्कन नसकेका कुवेतमा रहेका आप्रवासी नेपाली श्रमिकहरूलाइ स्वदेश फर्कन एनआरएनए एनसीसी कुवेतले सहयोग गर्ने भएको छ । सो सहयोग अन्तर्गत कुवेतमा गरिने पीसीआर, नेपाल सम्मको हवाइ जहाज टिकट तथा त्रिभवन विमानस्थलबाट श्रमिकको घर सम्म पुग्नको लागि खर्च समेत रहेको कुरा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसि ले बताएका छन् । आप्रवासी श्रमिकका पीडामा मलहम लगाउन एनआरएनए सदा तत्पर रहेको बताउँदै अध्यक्ष केसि ले कुवेतमा रहनु भएका कोही नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आर्थिक अभावकै कारण घर जान रोकिनु भएको छ भने सम्पर्कमा आउन सबैसँग आग्रह गरेका छन् ।

अहिले एनसीसी कुवेतले गर्न लागेको सहयोगको बारेमा कोसेलीन्यूजसँगको सम्वादमा बोल्दै एनसीसी कुवेतका महासचिव दिल कुमार पाख्रिनले एनआरएनए केन्द्रलाइ सो रकम प्राप्त भए पनि कुवेतको नाम अन्तर्राष्ट्रिय श्रम संगठनले उपलब्ध गराएको रकम उपयोग गर्न पाउने लिष्टमा नपरे पनि केन्द्रसँग माग दावी गरेर एनसीसी कुवेतले  समेत उपयोग गर्न पाउने ब्यवस्था गरिएको बताउँदै वास्तविक पीडामा परेका श्रमिकहरूलाइ कुवेतमा कृयाशिल संघ सँस्था मार्फत, दूतावास मार्फत वा एनसीसी कुवेतका पदाधिकारी मार्फत सम्पर्कमा आउन कुवेतमा रहेका आप्रवासी नेपाली श्रमिकहरूलाइ अनुरोध गरेका छन् ।

यो सहयोग एनसीसी कुवेतको कोषबाट खर्चिने नभएर अन्तर्राष्ट्रिय श्रम संगठनबाट  विदेशमा अलपत्र परेका आप्रवासी नेपालीहरूलाइ स्वदेश फर्कन सहयोग होस भनि एनआरएनए केन्द्रलाइ उपलब्ध रकमबाट सहयोग गर्न लागिएको हो ।  अन्तर्राष्ट्रय श्रम संगठनले आप्रवासी नेपाली श्रमिकहरूलाइ स्वदेश फर्कन सहयोग होस भनि नेपाली रूपैया करिब ५ करोड १० लाख बराबरको आर्थिक सहयोग एनआरएनए केन्द्रलाइ उपलब्ध गराएको छ । सो आर्थिक सहयोग लिने सम्बन्धी समझ्दारी पत्रमा एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त्रले गत ४ जुलाइमा नै हस्ताक्षर गरेका थिए ।

कोभिड-१९ को कारण भएको लकडाउनको समयमा आफ्नो आन्तरिक कोष तथा एनआरएनए केन्द्रको सहयोग समेत लिएर धेरै नेपालीहरूलाइ खानको लागि राहत सहयोग गरेको एनसीसी कुवेतले कतिपय महिला श्रमिकहरूलाइ आर्थिक सहयोग समेत गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

प्रतिकृयाहरू
...