#गजल#
-तारा अर्याल
म त्यै आँगनमा उभिइरहेछु नाच्न भनेर ।
जहाँ मान्छेहरु मरिरहेछन् बाँच्न भनेर ।।
जुन हाँगोमा जिन्दगीको हाँसो फुल्दैछ
त्यै हाँगो सबैले समाती रहेछन् भाँच्न भनेर ।।
धेरै पटक नापीसक्यो नियतिले जिन्दगीलाई
आउँदै छ फेरि ऊ जिन्दगी जाँच्न भनेर ।।
यी दुई आँखामा कैयौं सपना साँच्यो आँसुले
सकेन यो फूलको जोबन साँच्न भनेर ।।