Thursday 12th March 2026

कुवेतको मुत्ला सिटी प्रोजेक्टमा दुर्घटना पर्नेलाई एनआरएनको ८ लाख सहयोग


तोयानाथ उपेक्षित -गत १२ फेव्रवरी २०२० का दिन कुवेत स्थित मुत्ला सिटी प्रोजेक्टमा काम गरिरहेको अवस्थामा ज्यान गुमाएका ६ जना र घाईते २ जना गरी ८ जना नेपाली श्रमिकले एनआरएनबाट राहत पाउने भएका छन । आजै बसेको गैर आवासिय नेपाली संघको केन्द्रिय कमिटीले राहत दिने घोषणा गरेर एनआरएन खाडीका मजदुरहरुको साथमा छ भन्ने सन्देश दिएको छ । मृतक ६ जना र घाईते २ जना गरी ८ जनाको परिवारले समान एक एक लाख राहत स्वरुप पाउनेछन ।

घट्नाको लगत्तै एनसीसी कुवेतले स्थलगत भ्रमण गरेको र घाईतेलाई अस्पतालमा भेटेर उनीहरुको अवस्थाको बारेमा तत्काल केन्द्रलाई जानकारी गराएको थियो । घाईतेहरुको विकलांग शारीरिक अवस्थाबाट तंग्रिएर काममा फर्कन सक्ने सम्भावना नदेखेको एनसीसी कुवेतले आफ्नो रिपोर्ट एनआरएन केन्द्र र त्यसको वैदेशिक रोजगार शाखालाई पठाएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने र घाईते हुनेहरुका परिवारलाई राहत दिन निरन्तर सम्पर्कमा रहेको एनसीसी कुवेतले केन्द्रसँग लिखित आग्रह समेत गरेको थियो । एनसीसी कुेतको आग्रहलाई उति नै बेला पोजेटिभ रेस्पोन्स केन्द्रले गरे पनि राहत घोषणा भने आज भएको हो । एनआरएन श्रमिकको साथी हो भन्ने सन्देश केन्द्रको निर्णयले पुष्टि गरेको भन्दै उक्त घोषणाले आफूहरुलाई सन्तोष लागेको एनसीसी कुवेतको प्रतिक्रिया छ । कोसेली सँग कुरा गर्दै अध्यक्ष सुजन केसीले केन्द्रप्रति र यो निर्णय गराउन भुमिका खेल्ने ब्यक्ति तथा रकम सहयोग गर्ने पदाधिकारीहरु प्रति आभार प्रकट गरेका छन । ८ लाख रकम एनआरएनका पदाधिकारीहरुबाट जम्मा गरिएको हो ।

उक्त अकल्पनिय घटनामा पर्ने मध्ये आठ जना नेपालीहरु थिए । उनीहरु पाईप लाईनको लागि खनिएको ठुलो खाल्डोमा काम गरिरहेको अवस्थामा दायाँबायाँको पर्खाल ढल्दा दुर्घटना परेका थिए । घटनामा पुरिएका आठ जना नेपाली मध्ये ६ जनाले घटना स्थलमा नै ज्यान गुमाएका थिए भने दुई जना गंभिर घाईते अवस्थामा अस्पतालमा अझै उपचारार्थ छन ।

यो घटना लगत्तै एनसीसी कुवेतको टिम, घटना स्थल, उनीहरु कार्यरत क्षेत्र तथा अस्पतालमा पुगि बिमारीको अबस्था बुझ्ने र उनीहरुको आर्थिक स्थिति निकै कमजोर रहेको हुँदा केहि रकम रहयोग गर्न सके मृतकको परिवार तथा बिमारीहरुलाई राहत मिल्ने बिवरण केन्द्रलाई बताउँदै सहयोग गर्न अपिल गरेको थियो ।

कुवेतमा सर्वसम्मत निर्वाचित भएको एनआरएन टिम आज सम्मकै आशा लाग्दो मानिसहरु नेतृत्वमा रहेको प्रतिक्रिया व्यवहारिक रुपमा पनि देखिदै आएको छ । नियमित मजदुरमैत्री काम गरिरहेको अध्यक्ष केसी र आईसिसि अमित राईको नेतृत्वको एनसीसी कुवेतको एकता र प्रतिवद्धताले एनआरएन प्रतिको पूर्ववत धारणामा समेत परिवर्तन आउन थालेको देखिन्छ ।यसरी नै हुनेखाने र धनिहरुको संस्थाको हो भन्ने हुईया पिट्नेहरुको लागि पनि एनआरएन संस्थाले खाडीका मजदुरमैत्री निर्णय गरि गलत साबित गरिदिएको छ भने यो कदमले कुवेत एनआरएन प्रति यहाँ रहेका नेपाली श्रमिकहरूको सकारात्मक भावना विकसित गर्ने निश्चित प्रायः छ।

उक्त घटनमा ज्यान गुमाउनेहरू र घाइतेहरू यस प्रकार रहेका छन्ः

ज्यान गुमाउनेहरु
एक बहादुर गाहा – पाल्पा
गंगाराम चौधरी – सिराहा
बसन्त गुरुङ – ताप्लेजुङ
श्याम नारायण चौधरी – दाङ
पूर्ण बहादुर सुनारी मगर – नबलपरासी
राजु रोका मगर – रोल्पा

गंभिर घाईते भई उपचार भईरहेकाहरु
धर्मेन्द्र कुमार शाह
मनोरथ मण्डल
सहयोग गर्ने घोषणाको विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...