Thursday 10th September 2026

मन बहादुर भुजेल मगरलाइ अध्यक्ष चयन गर्दै मगर संघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न


तितोपाटी-मगर संघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ भने अधिवेशनले मन बहादुर भुजेल मगरको नेतृत्वमा संरक्षक सहितको ६७ सदस्यीय नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ। मगर संघ कुवेतले हिँजो १७ जनवरी २०२० को दिन कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा माघे सक्रान्ती चाडको अबसर पारेर मगर संघका केन्द्रिय महासचिबलाइ कुवेत ल्याइ केन्द्रिय महासचिवबको रोहबरमा माघे सक्रान्ती शुभकामना आदान-प्रदान तथा  तेश्रो अधिवेशन सम्पन्न गरेको हो।

संघले संस्थाका अध्यक्ष मित्र सिंजालीको सभाध्यक्षता, नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, मगर संघ केन्द्रका महासचिव ज्ञानेन्द्र पुनको विशेष आतिथ्यता तथा मगर संघका सल्लाहकारहरू, एनआरएनए कुवेत लगायतका कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी-प्रतिनीधि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीको आतिथ्यतामा माघे सक्रान्तीको शुभकामना आदान-प्रदान तथा विविध सांस्कृतिक नाचगान(सोरठी, काैरा, घाँटु, हुर्रा लगायतको सांस्कृतिक प्रस्तुति)काे साथ हर्सोल्लासका साथ तेश्रो अधिवेशन तथा माघे सक्रन्ति चाड मनाएको हो।

शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि महामहिम राजदूतले संघले गरेका राम्रा कामहरूको प्रशंसा गर्दै बहुजातीय र बहु भाषिक देश नेपालमा मगर जाती नेपालको इतिहास बोकेको सबै भन्दा पुरानो जात भएको भन्दै हरेक जातीको समान स्थान रहेको बताउँदै नेपाल भ्रमण वर्षलाइ सफल बनाउन नेपाल भित्रका हरेक जात वर्गका कला संस्कृति र सांस्कृतिक पक्षलाइ समेटेर दूतावासले यो वर्ष भरि नै कार्यक्रम गरिने बताए भने संघ संस्थाले गर्ने हरेक गतिविधिमा दूतावासको तर्फबाट साथ सहयोग रहने बताए।

कार्यक्रमका विशेष अतिथि मगर संघका केन्द्रिय महासचिव पुनले मगरहरूको ऐतहासिक परिचय दिंदै आफु दबिएर पनि राष्ट्रयताको लागि सबै भन्दा बढि मगर समुदायले योगदान दिएको बताउँदै राजनैतिक दलहरूले स्वार्थ सिद्दीको लागि मात्रै जातीय राजनीति गरेको बताए । उनले आफ्नो हक-अधिकारको सुनिश्चितताको लागि अर्काको हक-अधिकारको हनन गर्न नहुने भन्दै प्रकृति पुजक मगरहरू समय अन्तर सँगै फरक धार्मिक र राजनैतिक बाटोमा गए पनि जातीय मोलिक संस्कृति, भाषा, भेपभुषा र संस्कार बिर्सन नहुने बताए । पुनले नेपालका १२५ जाती, १२३ भाषा तथा विभिन्न संस्कृतिहरूलाइ युनेस्कोमा दर्ता गराउनु पर्नेमा जोड दिंदै अन्यथा कतिपय जात र भाषाहरू लोप भएर जाने अबस्थामा पुगेको तर्फ सबै सचेत हुनुपर्ने बताए।

महासचिवब श्रबण गाहा मगरको स्वागत र कोषाध्यक्ष केदार आले मगरले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेको अधिवेशन कार्यक्रममा निवर्तमान प्रथम उपाध्यक्ष मन बहादुर भुजेल मगरले संस्थागत गतिविधि बारे प्रकाश पारेका थिए भने निवर्तमा द्वित्तिय उपाधयक्ष बसन्त थापा र निवर्तमान संरक्षक जय आलेले कार्यक्रम संचालन गरेका थिए । दिउँसो १२ः१५ बजेदेखि शुरू भएको माघे सक्रान्ती चाडको शुभकामना अादान-प्रदान तथा अधिवेशन कार्यक्रम दुइ सत्रमा सम्पन्न भएको थियो भने पहिलो सत्रमा शुभकामना आदान-प्रदान र दोश्रो सत्रमा निर्वाचन कार्यक्रम गरेर सम्पन्न भएको थियो । नाच, गान, भोज सहित साँझ अबेरसम्म चलेको कार्यक्रम सफल बनाउन खटेर लाग्नु भएका तथा संघको निमन्त्रणामा नेपाल देखि पाल्नु भएका संघका केन्द्रिय महासचिव, महामहिम राजदूत लगायत सम्पुर्णलाइ धन्यवाद दिंदै सभाध्यक्षले कार्यक्रम समापन गरेका थिए ।
नवगठित नयाँ कार्य समिति तपसिल बमोजिम रहेको छः


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...