Saturday 25th July 2026

एनआरएन विश्व सम्मेलन – ठाउँ को ठाउँ २ लाख


तोयानाथ उपेक्षित – अघिल्लो श्रंखलामा भेडा भनिएको शव्दको शाब्दिक अर्थ लगाएर गलत प्रचार भएको भन्ने सुनियो । दुई दिन सम्म घण्टौ लाईनमा उभिदा पश्चिमा एनआरएन डेलिगेट्सबाट सुनिएको उक्त शव्दलाई व्यंग्य गर्दै उनीहरु भेडा हुन सक्लान तर गधा जस्ता सिधा चाहि होईनन । सहि विवेक प्रयोग गरे र सहि परिणाम निकाले । यो आशय नतोडियोस । आफ्नो क्षेत्रको नेतृत्व सर्वसम्मत गर्न सक्ने योग्यता देखाएका मध्यपूर्वका एनआरएनहरुले जे गरे ठिकै गरे भन्ने समग्र लेखको आशयको टिप्पणीलाई अनर्थ नबुझ्न आग्रह गर्दै आज को श्रंखलामा ठाउँका ठाउँ दुई लाख भन्ने शिर्षकमा प्रवेश गर्दछु ।

मध्यपूर्वको एनआरएन भोट बैंक मात्रै हो भन्ने कम छैनन तर यसपाली केन्द्रीय पदाधिकारीहरु सवैको प्रचारको मुल मुद्धामा मध्यपूर्व नै थियो । अध्यक्षका उमेद्धार द्धयले उठाएका एजेण्डा र दिएको प्राथामिकता चुनावका लागि मात्र होईन भने अव यो क्षेत्रको एनआरएन बलियो हुदैछ । कुल आचार्यको पसिना कोष र कुमार पन्तको कलेक्टीभ लगानीको एजेण्डा मध्यपूर्व केन्द्रित विषय थिए । “जो जिता उही शिकन्दर” भने झै कुमार पन्तको एजेण्डा मध्यपूर्वको केन्द्रमा नै छ । उहाँले साना साना आम्दानी हुनेहरुको लगानी सुरक्षित गर्ने तथा आगामी निर्वाचनमा सवैलाई मतदाता बनाउने र कुनै शुल्क नउठाउने कुरा गल्फकै सेरोफेरोमा गर्नु भएको हो । उहाँले दक्ष कामदार बनाउन ल्याउने भनिएका कार्यक्रम पनि मध्यपूर्वकै एजेण्डा हुन । कतिपयले डिबी क्षेत्रीको हजारे अभियानको निरन्तरताको कुरा उठाएर मध्यपूर्वको सदभाव र सहानुभूतीको ईमोशनल कुरा पनि गरे ।

अब अलिकती कुवेतको कुरा गरौ । नवौ सम्मेलन सम्म आईपुग्दा कुवेतको एनआरएनले कहिल्यै नगरेको काम गरेको छ । अध्यक्षका दुवै प्रत्यासीलाई कुवेतको यात्रा गर्न बाध्य बनायो । अहिले सम्म सवै भन्दा धेरै पंजीकृत सदस्य बनायो । दुवै महानहस्तीहरुलाई कुवेत चिनायो र एनसीसीको राहत तथा उद्धार कोषको आकार बढायो । यो उपलव्धी यति मै सिमीत थिएन । काठमाण्डौको हायत होटलको प्रांगणमा कुवेतका डेलिगेटस भेट्न सवै पदका उमेद्धारहरु धाए । एकल बैठक र कोठे छलफल भएनन । सामुहिक रुपमा सवै उमेद्धारहरुले भेटे र यहाँको राहत कोषको आवश्यकता र अपरिहार्यताको जानकारी लिए । अष्ट्रेलियाबाट उपाध्यक्षको उमेद्धारी दिनु भएका मन केसी ले ठाउँको ठाउँ २ लाख को घोषणा गर्नु भयो र कुवेत आउने बाचा गर्नु भयो । यसरी नै धेरै जसोले धेरै थोरैको बाचा गरे । उहाँहरुको बकौता सवै उठ्ने हो भने कुवेत एनसीसीको राहत कोषमा १५ लाख भन्दा धेरै रकम थपिने छ । यसरी बाचा गर्ने अधिकांशले चुनाव जित्नु भएको पनि छ । कतिपयले कुटनैतिक कुरा गरेर तर्कनु भयो । आचार संहिताले समाउछ भनेर समुहमा मुख खोल्नु भएन तर कवुल गर्नु भएको कुरा एनसीसीको रेर्कडमा छ ।

कुवेत आएको बखत अध्यक्षद्धय कुल आर्चायले घोषणा गरेको ३ लाख ५५ हजार र कुमार पन्तको ५ लाख त सवैले थाहा पाएकै हो । बाँकी उमेद्धारले गरेको घोषणा समयक्रममा एनसीसी कुवेतले सार्वजनिक गर्ला नै । यस अर्थमा कुवेतको एनसीसीले खेलेको भूमिका प्रसंसनिय छ । यहाँ समस्या धेरै छन तिनको सम्बोधन गर्न कहिले कसो समयलाई पहिचान गरेर चल्न पनि जान्नु पर्दछ भन्ने हेक्का देखाएको छ ।
क्रमससः…


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...