राजन नेपाल- उनको र मेरो भेट यसै सामाजिक संजाल फेसबुक बाट भएको थियो भन्दा पनि हुन्छ । कुरो करिब ९ बर्ष अगाडिको हो म तेतिबेला दार्जिलिङ मा एउटा चिया कम्पनीको सुपरभाइजर को रुपमा काम गर्दै थिए । मेरो दैनिकी बिहान १० बजे अपिस जानू अनि बेलुका ५ बजे फर्केर आउनु बिचको ब्रेकमा क्यान्टिनमा यसै भलाकुसारी गर्दै खाजा खानु यस्तैमा दिन बित्दै थिए भने बेलुकी निकै ढिलासम्म निन्द्रा पर्दैन थियो भारतमा तेतिबेला पनि नेटवर्क सुबिधा सजिलो भएकाले मैले (मुहार पुस्तिका )यानिकी फेसबुक लाई नै आफ्नो समय बिताउने प्रमुख साधन बनाएको थिए।
दिन बित्दै एक दिन यसै निहाल्दै थिए कहिलेकाही बदलिएको मुहार लाई फेसबुक भित्तामा टास्ने रहर भने उतिबेला पनि उस्तै हुन्थ्यो । स्वभाबिक कुरा हो फोटो अप्लोड पछि कस- कसले कति लाइक वा कमेन्ट गर्नु भयो भनेर जिज्ञासा रहनु आफ्ना तस्बिरमा सकारात्मक कमेन्ट प्रतिक्रिया आउदा खुब खुशी लाग्थ्यो जसका कारण अझ केही नया तरिकाबाट फोटो खिच्ने रहर जाग्थ्यो त्यो दिनमा पनि एउटा फोटो अप्लोड भएको थियो जसलाई मैले पब्लिक पोस्ट गरेको थिए मलाई राम्रोसँग याद छ मेरा ४४३ जना साथी भएको मा १०१(एक सय एक) लाइक आएको थियो भने ५(पाच) जनाले कमेन्ट मा नाइस भनेर लेख्नु भएको थियो तर अचम्म लाग्दो कुरा चाहिँ के थियो भने एउटा अन्जान मान्छेले पनि लाइक गर्नु भएको रहेछ म सोचमा परे आखिर को हुन त? यी मानिस भनेर मनमा अनेकौं जिज्ञासा् उत्पन्न हुन थाले तेसपछी म ती ब्यक्तिको फेसबुक वालमा पुगे जहाँ पुग्दा झनै अचम्मित भए ती थिए कुनै महिला यानिकी (फिमेल) अबत झन् मन चंचल हुन लाग्यो आखिर् को हुन त यी महिला भनेर त्यस बखत समय निकै भएकाले यसै सुते भोलिपल्ट छुटिको दिन थियो । नजिकैको चिया पसलमा पुगे र फेरि मुवाइल निकाले र यसो हेर्दै थिए मन उतै गयो आखिरमा साथी बन्नको लागि रेकोएस्ठ आफुले नै पठाए रेकोएस्ट पठाएको करिब १० मिनेटमा तुरुन्तै एक्सेप पनि भयो लौ अब झन् के भनौ भयो मलाई त यो पनि थाह थिएन उनी नेपाली हुन या दार्जिलिङ बासी पुरै अन्यौलमा रहे । क्यन्टिन को साहुजी लाई फेरि अर्को कप चिया बनाउन भने उनी स्टोप बालेर चिया बनाउदै रहे म भने उनको प्रोफाइल पल्टाएर हेर्दै रहे कहि कतै नदेखिएको मान्छे बडा सोचमा डुब्दै गए । अब मलाई उनिसँग बोल्नु थियो र जान्नु थियो अनि सोध्नु थियो तपाईं को हो र के मलाई चिन्नु हुन्छ मेरो प्रतीक्षाको घडी निकै तेज दौडिदै थियो एक छिनमा हाई भन्ने शब्द आयो अब झन् अचम्ममा परे आखिर को होलान् उनि भनेर मैले पनि हेल्लो भने उता म्यासेज हेरियो तर जवाफ केही आएन अब पालो मेरो थियो मैले कुन भाषा प्रयोग गरौ भनेर सोच्दै गर्दा Do you know me भन्न मन लाग्यो जेसुकै होस भनेर टाइप गरे उताबाट Yes भन्ने जवाफ आयो अबत झन् खुल्दुली लाग्न लाग्यो।
मैले वहाँ लाई तपाईंलाई नेपाली भासा आउँछ भनेर अंग्रेजीमा सोधेँ हा हा गर्दै नेपाली ले नेपाली भासा नबोले कुन भासा बोल्छ त राज सर अब झन चकित परे यो राज भन्ने नाम मेरा केही निश्चित साथिहरु लाई मात्र थाह थियो मैले पनि माफ गर्नु होला म राज होइन त मेरो नाम त बिसाल हो भने फेरि उताबाट जवाफ आयो थाह छ मलाई सर विशाल हो भनेर तर हजुरको गुड फ्रेन्ड्स हरुले राज भनेर बोलाउनु हुन्छ तेसैले मैले पनि अब मलाई जिज्ञासा् सहितको हासो उठ्यो मैले फेरि सोधेँ अनि के तपाईं मेरो गुड्स फ्रेन्ड होत उताबाट जवाफ आयो मेरो लागि चाहिँ तपाईं सदैव हो तर तपाईंका लागि भने थाह भएन।
एक अन्जान ब्यक्तिको मुखबाट यस्तो पहिचान सहितको कुरा सुनिरहदा प्रश्न हरुको टिमले मलाई जिस्काउन थाली सकेका थिए । यतिबेला भने मैले प्रश्न राख्नु नै परेन चिन्ता नगर्नुहोस् राज सर म मात्र तपाईं लाई चिन्छु तपाईं मलाई चिन्नु हुन्न । मैले लामो स्वास फेरि अनि कसरी चिन्नु भयोत मलाई मैले सोधेँ उनले भनिन सर यो( बिसाल) भन्ने नामलाई मात्र मान्छेले नचिनेका हुन (राज) सर लाई त नचिन्ने आखिर को नै होलान् र मैले अरु केही सोध्न चाहिन च्याटिङमा उसै अल्छी मान्छे मैले यति धेरै कुरा भएपछि के हाम्रो कल हुन सक्छ भने उनले किन नहुनु राज सर भनिन यसपछी भने म आज छुटिमा छु तपाईं लाई आफ्नो डेरामा गएर कल गर्छु ल भने जवाफमा म दिन भर फुर्सद मा छु हजुर को समय मिल्दा गर्नु होला राज सर आउँछ म छक्क पर्छु अनि सोच्छु आखिर यो नाम जुन भुलिसकेको नामलाई बार- बार स्मरण गराउने ब्यक्ति को होत चियाको पैसा दिएपछि कोठातिर लम्किय खान आफू बस्ने घर मालिकको मा नै मासिक रुपमा खाने भएकाले पकाउने झन्झट पनि थिएन रोटि खादै मैले घन्टी घुमाए सायद हातमा नै थियो र हो वा केहो पहिलो घन्टिमा नै कल रिसिभ भयो ।
हजुर राज सर नमस्ते फेरि उहीँ पुकार म निशब्द नमस्ते हजुर मैले जवाफ दिए सिधै सन्चो बिसन्चो केही नसोधी तपाईं को हो खासमा? कसरी चिन्नु हुन्छ मलाई प्रश्न राखे किन हतार गर्नु भएको राज सर सबैभन्दा पहिला त तपाईं कृपया यो राज ,राज को ललाट नदोहोर्याउनु होला कारण म बिसाल हु ।ओके बाबा ओके मैले भनिन बिसाल सर नै भन्छु, म धेरै बोल्न नसक्ने भएको थिए बस मलाई उनले कसरी चिनेकी हुन त्यो मात्र जान्नु थियो मैले फेरि सोधेँ भन्नुस् न कसरी चिन्नु भयो मलाई जवाफ आउछ हजुर मैले हजुर लाई आजभन्दा करिब 7 बर्ष अगाडि तपाईं आफ्नो साथिहरु सँग घुम्न पोखरा आउदा हाम्रो स्कुल पनि सोही ठाउमा पिक्निक गएको थियो याद आयो मैले भने हजुर हामी घुम्न गएको कुरा याद छ
अनि अरु उनी भन्छिन हो तेतिबेला हाम्रो स्कुल पनि प्रोग्राम सहितको भ्रमण मा गएको थियोे तर सोही समयमा एक जना उद्घोषक बोलाएका थियौ तर कुनै प्राबिधिक कारण उ उपस्थिति नहुदा हामिले यसै कार्यक्रम गरिरहदा हजुर ले हाम्रो कार्यक्रममा सहभागी भएर पुरै कार्यक्रम चलाउनु भएको थियो याद आयो मैले भने हो त हजुर अनि कार्यक्रम पछि तपाईं जाँदै गर्दा मैले तपाईंको अटोग्राफ मागेको थिए र तपाईं ले दिनु भएन अनि तपाईंको साथिहरुले राजको पनि अटोग्राफ भनेर हास्दै गर्दा तपाई ले आफ्नो पकेटमा भएको कलम दिनु भएको थियो र राम्रोसँग पड्नु ल भन्नू भाको थियो नि हो म तेहि पात्र हु।
बल्ल म छर्लङ्ग भए हवस् अब बुझे अहिले बिदा हुन्छु भने उनले पनि हस बाई भनिन समय बित्दै गयो कहिले कसो हाई हेल्लो हुने क्रिया भने जारी नै रयो ।मैले खुबै वास्ता गरिन किन कि म राज लाई राजमा नै राख्न चाहन्थे तर उनको इच्छा केही फरक रहेछ उनको हाई हेल्लो अब तेतिमा मात्र सिमित रहेन हामी निकै नजिक हुन लाग्यौं उनले बिसाल लाई भित्र राख्न र राजलाई बाहिर ल्याउन भन्न थालिन मैले धेरै पटक त उनलाई आफू अर्कै पेसामा लागेको र त्यो समय अनि ती दिनहरु केबल रहर मात्रका थिए भन्दा पनि उनले जित गर्न थालिन मलाई पनि बिस्तारै बिस्तारै उनका कुरा मन पर्न थाले हामी आपसमा घन्टौं कुराकानी गर्न थाल्यौं । उनी मलाई बारबार स्वदेश फर्कन भन्थिन म केही समयमा आउछु भन्दै थिए आखिरमा मैले जाडो बिदामा घर जाने निधो गरे । तर बिड्म्बना म करिव सात दिन ले ढिला भएछु ११ दिन अगाडि बाट उनी अन्लाईन थिइनन् मेरो उनको आपसी सम्बन्धमा तेहि ११ दिनले मिलन हुन दिएन उनले मलाई फेरि बिसाल मन भएको राजमा नै छोडेर गइन लाग्यो उनको माया जति अनौठो तरिका सँग बसेको थियो बिछोड पनि उस्तै रयो ।उनको घरमा पुग्दा एउटा सहयोगी साथी मार्फत पत्र पाए जहाँ लेखिएको थियो राज सर मलाई माफ गरिदिनु होला मैले मेरो बाध्यता ले गर्दा छोडेर गएपनी तपाईं ले आफू भित्रको राजलाई जरुर बाहिर ल्याउनु होला टाढाबाट पनि तपाईं लाई निहाल्ने छु ।
तपाईकी प्रिया
मैले तुरुन्तै लेखे तिमी जहाँ रहे पनि तिम्रो र म बिचको सम्बन्ध राज नै रहनेछ प्रिय तिमी खुशी रहनु ल? सोही पत्रको पछिल्लो भागमा लेखेर म आफ्नो गन्तव्य तिर लागे