Thursday 24th September 2026

नायक पल शाह र गायक प्रताप दासको साथमा दर्शन सांगीतिक धमाका सम्पन्न


तितोपाटी – दर्शन ठकुर समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासको साथमा दर्शन सांगीतिक धमाका सम्पन्न गरेको छ । समाजले उसको ५ अाैं वार्षिक उत्सवको अवसर पारेर हिँजो ७ जनु २०१९ शुक्रबारको दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा अायोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ मा नेपालबाट बोलाइएका अतिथि कलाकार द्वय नायक पल शाह र  नेपाल अाइडल पहिलो सिजनका  सेकेण्ड रनर अप प्रतप दासको साथमा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुतिमा सो सांगीतिक धमाका सम्पन्न भएको हो । कार्यक्रमलाइ  अलमुल्ला एक्सचेन्ज कुवेत र ट्रानसफास्ट वर्ल्डवाइड मनि ट्रान्सफरले प्रायोजन गरेका थिए भने कार्यक्रमको दाैरान अलमुल्ला एक्सचेन्जले विभिन्न क्वीज प्रतियोगिता गरेर गिफ्ट ह्याम्पर पनि वितरण गरेको थियो ।

संस्थाका अध्यक्ष एल बि हमाल ठकुरीको सभाध्यक्ष तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्य, एनअारएन कुवेतकी अध्यक्ष सुमित्रा देवी पाैडेल र नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष नबराज पन्थीको विशेष अातिथ्य एवं कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार, समाजसेवी, वुद्धिजीवि लगायत कार्यक्रम हलमा उपस्थित भएका नेापली दाजुभाइ तथा दिदीबहिनीहरूको अातिथ्यतामा सम्पन्न कार्यक्रममा विधिवत रूपमा दिप प्रज्वलन तथा नेपाली राष्ट्रिय गान बजाएर कार्यक्रमको शुभारम्भ भएको थियो ।

कार्यक्रममा महामहिम राजदूत, एअारएनए अध्यक्ष तथा पत्रकार महासंघका उपाध्यक्षले शुभकामना मन्तब्य दिंदै  संस्थाले गरेका राम्रा कार्यहरूको सराहना गर्दै कुवेतवासी सम्मिलित यस प्रकारका कार्यक्रमले प्रवासमा रहेका सम्पुर्ण नेपालीहरूलाइ भावनात्मक रूपमा भाइचार र भातृत्वको भावना विकसित हुन सहयोग गर्ने बताउँदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमा नेपालबाट अाएका गायक कलाकार प्रताप दासले विभिन्न गीतहरू गाएर उपस्थित दर्शकहरूलाइ भरपुर मनोरञ्जन प्रदान गरेका थिए नायक पल शाहले स्थानिय दर्शकहरूसँगै नृत्य प्रस्तुति दिएर सबै दर्शकहरूलाइ समेत नचाउन सफल भएका थिए । कार्यक्रममा स्थानिय कलाकार बि बि मल्ल र खेम शाही ठकुरीले गीत प्रस्तुत गरेका थिए भने नृत्यंगना पुनम तामाङले नृत्य प्रस्तुत गरेकी थिइन । कार्यक्रममा कुवेतको रक ब्याण्ड संकल्प ब्याण्डले पनि देशभक्तिपुर्ण, अाधुनिक पप र रक गीतहरूबाट धमाकेदार प्रस्तुति दिएको थियो ।

अायोजकले कार्यक्रम स्पोन्सर अल्मुल्ला एक्सचेन्ज, ट्रान्सफास्ट, नेपालबाट अाएका अतिथि कलाकारलाइ मायाको चिनो उपहार र दोसल्ला ओढाएर सम्मान गरेको उक्त कार्यक्रमको संचालन अत्यन्तै मिठो अावाजका धनि कुवेतमा चिरपरिचित प्रखर वक्ता अल्मुल्ला एक्सचेन्जका नेपाल करिडोर हेर्ने कन्ट्री मेनेजर भुवन सुवेदीले संचालन गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पुर्णलाइ संस्थाका संरक्षक बि बि मल्ल ठकुरीले स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...