गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण गाउँहरू, सडक, पुल र जलविद्युत् आयोजना तहसनहस भएका छन्।
नेपाल सरकारले बाढीपछिको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ। त्यसैगरी आगामी ६ महिनाको तत्काल पुनःस्थापनाका लागि करोडौं डलर आवश्यक पर्ने बताइएको छ।
यस विपत्तिमा हालसम्म झण्डै १४ सय शव फेला परिसकेका छन् भने लाखाैंको संथ्यामा मानिसहरू अझै विस्थापित अवस्थामा छन्। धेरै परिवार अस्थायी शिविर तथा सुरक्षित आश्रयस्थलमा बस्न बाध्य भएका छन्।
बाढीले मुख्य राजमार्ग, पुल तथा यातायात संरचनामा ठूलो क्षति पुर्याएकाले दुर्गम क्षेत्रहरू अझै प्रभावित बनेका छन्। सरकारले सडक र पुल पुनर्निर्माणलाई तीव्रता दिएको छ।
यसबीच नेपालले जलवायु परिवर्तनका कारण यस्ता विपत्ति बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय र आर्थिक सहयोगको माग गरेको छ। सरकारले सुरक्षित तथा दिगो पूर्वाधार निर्माणका लागि विकास साझेदारहरूसँग सहयोग बढाउने प्रयास गरिरहेको छ।