Sunday 1st November 2026

तनहुँ सेवा समाज कुवेतले गर्यो मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग


तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला व्यास नगरपालिका–३ स्थायी बसोबास भइ हाल पोखरा स्थित फिस्टेल अस्पतालमा उपचाररत ऋषि थापाको उपचारार्थ सो सहयोग गरेको हो । मृगौला पीडित थापा समाजकी सदस्य मधु थापाका श्रीमान् हुन भने समाजले सदस्यहरूबिचमा संकलित रकम जम्मा २२८ केडि ७५० फिल्स गत शुक्रबार हस्तान्तरण गरेको हो ।

यस अघि फिसटेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को आईसीयू युनिटमा भर्ना गरिएको र सेप्सिस एकेआईको काम गर्ने निदान गरि इनोट्रोपिक सपोर्ट सहितको मेकानिकल भेन्टिलेटरमा राखिएको जनाउँदै बिरामीको अवस्था जटिल बन्दै गएको र उपचारको लागि ठुलो रकमको आवश्यक पर्ने अस्पताल श्रोतबाट जानकारी प्राप्त भएपछि समाजका सदस्यहरूबिच सहयोग रकम संकलन गरि सहयोग हस्तान्तरण गरिएको हो ।

पारिवारिक आर्थिक अवस्था न्युन भएकोले थोरै भएपनि उपचारार्थ सहयोग होस भनि समाजको तर्फबाट सदस्यहरूले एकापसमा संकलन गरेर जम्मा २२८ केडी ७५० फिल्स अर्थात नेपाली विनिमय दर अनुसार नेपाली रूपैयाँ १ लाख ७ हजार भन्दा बढी रकम सहयोग गरिएको संस्थाका अध्यक्ष सोम खत्रीले जानकारी दिंदै दुःखको समयमा एकजुट भइ स्वस्फुर्त रूपमा सहयोग गर्ने सहयोगी मनका सबै साथीहरूलाइ धन्यवाद दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...