Friday 9th October 2026

कुवेतमा सबै प्रकारका भिसाको शुल्क बढ्यो ,पारिवारिक भिसाका लागि ८०० केडी तलब हुनुपर्ने


कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर २०२५ देखि लागु हुनेछ । गत अाइतबार २३ नोभेम्बरका दिन राजपत्रमा प्रकाशित गरी सरकारले जानकारी गराएको हो । राजपत्रमा प्रकाशित गरिए अनुसार सबै प्रकारका भिसाका शुल्क बढाइएका छन् । पारिवारिक भिसा अन्तर्गत श्रीमती तथा बाल बच्चा बाहेक अन्य नाताको रेसिडेन्सीको लागि वार्षिक ३०० कुवेती दिनार लाग्नेछ ।

त्यसै गरि सबै प्रकारका भिजिट भिसाको शुल्क १० कुवेती दिनार बनाइएको छ भने अधिकांश भिसाहरू ३ महिनाको लागि जारी गरिने छ । पटके भिसा अन्तर्गत १ वर्ष सम्मको भिसा पनि जारी गरिनेछ भने यस्तो भिसामा कुवेत प्रवेश गर्नेहरूले एक महिनाको कुवेत बसाइ पश्चात देश छोड्नु पर्नेछ । सरकारी भिजिट भिसा, घरेलु कामदार भिजिट भिसा तथा विश्वविद्यालय डिग्री भएका भिसिट भिसाहरू अावश्यक शर्तहरू पालना गरेर रेसिडेन्सी भिसामा परिवर्तन गर्ने सकिने पनि सरकारले जनाएको छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार इकामा नविकरणको वार्षिक शुल्क पनि २० कुवेती दिनार पुर्याइएको छ भने व्यापारिक भिसामा रहेकाहरूका लागि यो शुल्क ५० केडी पुगेको छ । अस्थायी भिसा (१४ नं.) को भिसाका लागि मासिक १० कुवेती दिनार शुल्क लाग्नेछ ।

अब उप्रान्त भिसालाइ राहदानीको म्यादसँग लिंक गरिने छैन भने अाप्रवासीले अधिकतम् ५ वर्षसम्मको रेसिडेन्सी स्ट्याम्प लगाउन पाउनेछन् । कुवेती महिलाका विदेशी बच्चाहरूको १० वर्षे भिसा लगाउन पाइने छ भने लगानीकर्ता व्यपारीहरूले १५ वर्षको रेसिडेन्सी भिसा लगाउन सक्नेछन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...