Monday 5th October 2026

निरेम म्यूजिकल फेस्टिवल २०२६ मा राजु लामा कुवेत आउने


कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical Fest २०२६’ को मिति र स्थान तय गरेको छ।

कार्यक्रम आउँदो ९ जनवरी २०२६ (शुक्रबार) का दिन कुवेतको Aspire Indian School, जिलिबस्थित सभाहलमा हुनेछ। दिउँसो ठीक २ बजेबाट सुरु हुने यो सांगीतिक कार्यक्रम कुवेतका नेपाली समुदायका लागि एक विशेष भेटघाट र रमाइलोको अवसर बन्ने अपेक्षा गरिएको छ।

यस वर्षको मुख्य आकर्षण सबैको मनमा सकेका लोकप्रिय गायक र संगीतकार राजु लामा हुन। निरेम प्रोडक्सनले राजु लामालाई मुख्य अतिथि कलाकारका रूपमा आमन्त्रण गरेको छ। उनको आवाज र प्रस्तुतिले कार्यक्रमको माहोललाई झनै जीवित बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

राजु लामासँगै निरेम समूहको आफ्नै NepTone Band ले पनि लाइभ प्रस्तुति दिने तयारीमा छ। तिनको जोशिलो प्रस्तुति र स्टेज शोले दर्शकलाई अझै तान्नेछ। कार्यक्रम संयोजक सुरेन्द्र लिम्बूका अनुसार, “हाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, संगीतको माध्यमबाट नेपालीहरूलाई एकआपसमा जोड्ने र समाजका लागि केही योगदान गर्ने हो।”निरेम प्रोडक्सनले यो फेस्टलाई केवल रमाइलो कार्यक्रममा सीमित नराखी, नेपालीहरूको भावना, संस्कृति र एकताको उत्सवका रूपमा अघि बढाउने तयारी गरेको छ।थप जानकारी र टिकटका लागि www.niremupdate.com मार्फत सम्पर्क गर्न सकिनेछ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...