Thursday 29th October 2026

निरेम म्यूजिकल फेस्टिवल २०२६ मा राजु लामा कुवेत आउने


कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical Fest २०२६’ को मिति र स्थान तय गरेको छ।

कार्यक्रम आउँदो ९ जनवरी २०२६ (शुक्रबार) का दिन कुवेतको Aspire Indian School, जिलिबस्थित सभाहलमा हुनेछ। दिउँसो ठीक २ बजेबाट सुरु हुने यो सांगीतिक कार्यक्रम कुवेतका नेपाली समुदायका लागि एक विशेष भेटघाट र रमाइलोको अवसर बन्ने अपेक्षा गरिएको छ।

यस वर्षको मुख्य आकर्षण सबैको मनमा सकेका लोकप्रिय गायक र संगीतकार राजु लामा हुन। निरेम प्रोडक्सनले राजु लामालाई मुख्य अतिथि कलाकारका रूपमा आमन्त्रण गरेको छ। उनको आवाज र प्रस्तुतिले कार्यक्रमको माहोललाई झनै जीवित बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

राजु लामासँगै निरेम समूहको आफ्नै NepTone Band ले पनि लाइभ प्रस्तुति दिने तयारीमा छ। तिनको जोशिलो प्रस्तुति र स्टेज शोले दर्शकलाई अझै तान्नेछ। कार्यक्रम संयोजक सुरेन्द्र लिम्बूका अनुसार, “हाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, संगीतको माध्यमबाट नेपालीहरूलाई एकआपसमा जोड्ने र समाजका लागि केही योगदान गर्ने हो।”निरेम प्रोडक्सनले यो फेस्टलाई केवल रमाइलो कार्यक्रममा सीमित नराखी, नेपालीहरूको भावना, संस्कृति र एकताको उत्सवका रूपमा अघि बढाउने तयारी गरेको छ।थप जानकारी र टिकटका लागि www.niremupdate.com मार्फत सम्पर्क गर्न सकिनेछ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...