Saturday 29th August 2026

कल्याणकारीले आगामी अक्टोबर १७ मा नेपालबाट अतिथि कलाकार कुवेत ल्याइ “कल्याणकारी सांगीतिक धमाका-२०२५” आयोजना गर्ने


कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन “कल्याणकारी सांगीतिक धमाका-२०२५” आयोजना गर्ने भएको छ । समाजले दशैं तथा तिहारको छेको पारेर नेपालबाट अतिथि कलाकार झिकाइ सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको समाजका महासचिव निरज क्षेत्रीले मिडियासँगको कुराकानीमा बताए ।

समाजले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको विषय पुष्टि गर्दै संस्थाका संरक्षक निरज सिंह ठकुरीले समाजले यस अघि पनि नेपालका चर्चित कलाकारहरू दुर्गेश थापा, शान्तिश्री परियार, उर्गेन दोङ, आश्मा बिश्वकर्मा जस्ता कलाकारहरू कुवेतमा उतारिसकेको जनाउँदै यस पटक पनि चर्चाको शिखरमा रहेकै कलाकार कुवेत ल्याएर कुवेतवासी नेपालीहरूलाइ सांगीतीक खुराँक पस्कने जमर्को गर्न लागिएको बताए । कलाकारको छनाैट नभइसकेको तथा कार्यक्रम हलको तय नभइसकेको जनाउँदै छिट्टै कलाकार र हलको तय गरिने पनि संरक्षक ठकुरीले बताए ।

गत महिनामात्रै चौथो अधिवेशन सम्पन्न गरेको कल्याणकारीले आफ्नो स्थापनाकालदेखि नै सामाजिक र मानविय सेवाका अतिरिक्त खेलकुद प्रतियोगिताहरू गर्दै आएको छ भने समय समयमा नेपालमा चर्चामा रहेका कलाकारहरूलाइ कुवेत ल्याएर कुवेतवासी नेपालीहरूलाइ मनोरन्जन प्रदान गर्दै आएको छ ।

“हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिदै आएको छ भने भलिवल खेलमा समाजको भलिबल टिम अग्रणी स्थानमा रहेको छ ।

समय समयमा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरेर नेपाली समाज कुवेतलाइ भरपुर मनोरन्जन समेत प्रदान गर्दै आएको यस संस्थामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका जो कोही पनि युवाहरू आवद्द हुन सकिने लचकता भएकोले पनि यस संस्थामा जोडिने युवाको संख्या दिनानुदिन बढ्दो छ भने संस्थालाइ समय सापेक्ष विकसित र परिमार्जित गर्दै लैजाने क्रममा भरखरै चौथो अधिवेशन सम्पन्न गरेको कल्याणकारीले सांगीतिक कार्यक्रममार्फत संस्थालाइ अझ विस्तार गर्न यो सांगीतिक धमाका गर्न लागेको जनाउँदै सांगीतिक कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सांगीतिक कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ साथै उक्त दिन अन्य कार्यक्रमहरू नराखि दिन पनि कुवेतमा कृयाशिल संघ संस्था लगायत सरोकारवाला सबैलाइ समाजले आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालका धेरै प्रमुख सहर तथा बस्तीहरू विगतमा गएका विशाल पहिरोले निर्माण गरेका भू–भागमा विकसित भएको भूगर्भविद् डा. रञ्जनकुमार…

काठमाडौँ — रसुवास्थित भोटेकोशी नदीमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपालले केही देशबाट प्राप्त उद्धार तथा राहत सहयोग अस्वीकार…

हिमालको बदलिँदो अनुहारले दिएको गम्भीर संकेत दशकौँअघि टाढाबाट हेर्दा सेताम्मे देखिने नेपालको हिमाली शृङ्खलाको स्वरूप पछिल्ला वर्षहरूमा क्रमशः बदलिँदै गएको…

प्रतिकृयाहरू
...