Wednesday 9th July 2025

कल्याणकारीले आगामी अक्टोबर १७ मा नेपालबाट अतिथि कलाकार कुवेत ल्याइ “कल्याणकारी सांगीतिक धमाका-२०२५” आयोजना गर्ने


कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन “कल्याणकारी सांगीतिक धमाका-२०२५” आयोजना गर्ने भएको छ । समाजले दशैं तथा तिहारको छेको पारेर नेपालबाट अतिथि कलाकार झिकाइ सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको समाजका महासचिव निरज क्षेत्रीले मिडियासँगको कुराकानीमा बताए ।

समाजले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको विषय पुष्टि गर्दै संस्थाका संरक्षक निरज सिंह ठकुरीले समाजले यस अघि पनि नेपालका चर्चित कलाकारहरू दुर्गेश थापा, शान्तिश्री परियार, उर्गेन दोङ, आश्मा बिश्वकर्मा जस्ता कलाकारहरू कुवेतमा उतारिसकेको जनाउँदै यस पटक पनि चर्चाको शिखरमा रहेकै कलाकार कुवेत ल्याएर कुवेतवासी नेपालीहरूलाइ सांगीतीक खुराँक पस्कने जमर्को गर्न लागिएको बताए । कलाकारको छनाैट नभइसकेको तथा कार्यक्रम हलको तय नभइसकेको जनाउँदै छिट्टै कलाकार र हलको तय गरिने पनि संरक्षक ठकुरीले बताए ।

गत महिनामात्रै चौथो अधिवेशन सम्पन्न गरेको कल्याणकारीले आफ्नो स्थापनाकालदेखि नै सामाजिक र मानविय सेवाका अतिरिक्त खेलकुद प्रतियोगिताहरू गर्दै आएको छ भने समय समयमा नेपालमा चर्चामा रहेका कलाकारहरूलाइ कुवेत ल्याएर कुवेतवासी नेपालीहरूलाइ मनोरन्जन प्रदान गर्दै आएको छ ।

“हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिदै आएको छ भने भलिवल खेलमा समाजको भलिबल टिम अग्रणी स्थानमा रहेको छ ।

समय समयमा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरेर नेपाली समाज कुवेतलाइ भरपुर मनोरन्जन समेत प्रदान गर्दै आएको यस संस्थामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका जो कोही पनि युवाहरू आवद्द हुन सकिने लचकता भएकोले पनि यस संस्थामा जोडिने युवाको संख्या दिनानुदिन बढ्दो छ भने संस्थालाइ समय सापेक्ष विकसित र परिमार्जित गर्दै लैजाने क्रममा भरखरै चौथो अधिवेशन सम्पन्न गरेको कल्याणकारीले सांगीतिक कार्यक्रममार्फत संस्थालाइ अझ विस्तार गर्न यो सांगीतिक धमाका गर्न लागेको जनाउँदै सांगीतिक कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सांगीतिक कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ साथै उक्त दिन अन्य कार्यक्रमहरू नराखि दिन पनि कुवेतमा कृयाशिल संघ संस्था लगायत सरोकारवाला सबैलाइ समाजले आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...