Thursday 14th May 2026

“नयाँ वर्ष तथा सांस्कृतिक धमाका २०२५” कुवेतमा हुदै


कुवेतमा आगामी जनवरी ३, २०२५ मा भव्य “नयाँ वर्ष तथा सांस्कृतिक धमाका २०२५” को आयोजना हुने भएको छ। किरात राई यायोक्खा द्वारा आयोजित यस विशेष कार्यक्रममा नेपालका चर्चित कलाकारहरू Chhewang Lama र Babina Kirati को मनोरञ्जनात्मक प्रस्तुति प्रमुख आकर्षण हुनेछ।

कार्यक्रम Aspire Indian School, Jaleeb मा बिहान ११:३० बजे सुरु हुनेछ। यस आयोजनाको उद्देश्य नेपाली समुदायलाई सांगीतिक र सांस्कृतिक उत्सवमार्फत एकत्रित गर्दै नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्नु हो।

कार्यक्रमको मुख्य प्रायोजकमा अल मुल्ला एक्सचेन्ज सहित प्रतिष्ठित संस्थाहरू रहेका छन्। कुवेतका प्रमुख मिडिया हाउसहरू मिडिया पार्टनरका रूपमा सहभागी छन्, जसले यस कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन मद्द्त पुग्ने छ।

आयोजकले कुवेतमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यसलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेका छन्। साथै, कुवेत सरकारद्वारा मादक पदार्थको सेवनमा प्रतिबन्ध रहेको हुँदा कार्यक्रमस्थलमा यस प्रकारको कुनै पनि गतिविधि नगर्न विशेष अनुरोध गरिएको छ।


सम्बन्धित शीर्षकहरु

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

प्रतिकृयाहरू
...