Friday 18th July 2025

नेकपा एमाले नेता डा. राजन भट्टराई र संजय थापा कुवेत आउदै


कुवेत – नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहलाई सम्बोधन गर्न डा. राजन भट्टराई र संन्जय थापा कुवेत आउने भएका छन ।

खैतानस्थित राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहलाई प्रमुख अतिथिका रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज परराष्ट्र बिज्ञ डा. राजन भट्टराई र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापा संम्बोधन गर्न आउने आयोजक कमिटीले जानकारी दिएको छ ।

प्रवासी नेपाली मंञ्च प्रवास संगठन ३७ वटा देशमा राष्ट्रिय कमिटी रहेको मञ्चका सचिव शंकर पौडेलले जानकारी दिएका छन । प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहने छ । दिनको ठिक १२ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ ।

कुवेतको नेपाली समाजमा सन २०१२ मा स्थापना भएको प्रवासी नेपाली मञ्चले कुवेतमा कार्यरत रहेर नेकपा एमाले संग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल नेपाली संघ-संस्थासंग सहकार्य र समन्वय गरी नेपाली श्रमिकका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...