Friday 15th May 2026

नेकपा एमाले नेता डा. राजन भट्टराई र संजय थापा कुवेत आउदै


कुवेत – नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहलाई सम्बोधन गर्न डा. राजन भट्टराई र संन्जय थापा कुवेत आउने भएका छन ।

खैतानस्थित राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहलाई प्रमुख अतिथिका रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज परराष्ट्र बिज्ञ डा. राजन भट्टराई र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापा संम्बोधन गर्न आउने आयोजक कमिटीले जानकारी दिएको छ ।

प्रवासी नेपाली मंञ्च प्रवास संगठन ३७ वटा देशमा राष्ट्रिय कमिटी रहेको मञ्चका सचिव शंकर पौडेलले जानकारी दिएका छन । प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहने छ । दिनको ठिक १२ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ ।

कुवेतको नेपाली समाजमा सन २०१२ मा स्थापना भएको प्रवासी नेपाली मञ्चले कुवेतमा कार्यरत रहेर नेकपा एमाले संग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल नेपाली संघ-संस्थासंग सहकार्य र समन्वय गरी नेपाली श्रमिकका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...