Tuesday 14th July 2026

जन-जागृतिद्वारा नेपालका पीडितलाइ ९३ हजार बढीको सहयोग


सामाजिक सेवाका कार्यमा सकृय संस्था जन-जागृति युवा समाज कुवेतले नेपाली पीडितलाइ ९३ हजार भन्दा बढीको सहयोग गरेको छ । संस्थाले सो रकम संस्थाको कोष एवं सहयोगी मनका संस्थाका सदस्यहरू एवं संस्था बाहिरका सहयोगीहरूबाट संकलन भएको रकम समेत जम्मा गरेर पीडत मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ घर भएका अार्थिक रूपले विपन्न परिवारका करेन्ट लागेर घाइते भएका बालक र दुबै मिर्गौलामा समस्या भएकी एकाघरकी अामाको उपचार सहयोगार्थ पठाएको कुरा जन-जागृतिका अध्यक्ष राम योन्जन तामाङले तीतोपाटी डट कम सँगको कुराकानीमा बताए ।

यस अघि संस्थाका सदस्य कृष्ण सुनार मार्फत जन-जागृतिमा सहयोगको अपिल भइ अाएपछि संस्थाले सत्य तथ्य बुझ्दा पीडितहरूको घरायसी अार्थिक अबस्था कमजोर भएको र वडा कार्यालयले समेत पीडितहरूलाइ सहयोग गर्न पत्राचार गरेको प्रमाणित भएपछि संस्थाका सदस्यहरूबाट स्वस्फुर्त रूपमा रकम संकलन गरि संस्थाको कोषको रकमसमेतबाट जम्मा गरि सहयोग पठाएको हो ।
सहयोग राशि तपसिल बमोजिम संकलन गरिएको जन-जागृतिले जानकारी दिएको छ ।

१) सुरेश थापा ५ दिनार
२) कृष्ण सुनार ५ दिनार
३) सर्वेष राय ५ दिनर
४) टासी लामा १० दिनार
५) अर्जुन पराजुली ५ दिनार
६) सुबलाल तामाङ ६ दिनार
७) आरबि योन्जन तामाङ-६ दिनार
८) कृष्ण ग्रुरुङ ५ दिनार
९) नवराज तामाङ ५ दिनार
१०) कोपिला शाही ६ दिनार २५० फिल्स
११) हिमाला तामाङ ५ दिनार
१२) मिरा बि पौडेल ५ दिनार
१३) छ्त्र बहादुर कार्की ५ दिनार
१४) लाल बहादुर तामाङ ५ दिनार
१५) सुर्यचन्द्र श्रेष्ठ १० दिनार
१६) टंक कार्की ५ दिनार
१७) जीवन सुनार ५ दिनार
१८) मित्रभक्त आचार्य ४ दिनार
१९) जीवन कुमार बिक ६ दिनार
२०) उत्तम वाइबा ५ दिनार
२१) पुर्णिामा लामा तामाङ ५ दिनार
२२) राजु अधिकारी १० दिनार
२३) राज योन्जन ३ दिनार
२४) दिल श्रीपाइली २ दिनार
२५) पार्वती वन्जरा २ दिनार
२६) दिन कुमारी तामाङ २ दिनार
२७) सोनाम लामा २ दिनार ५०० फिल्स
२८) सम्झना लामा २ दिनार ५०० फिल्स
२९) आनन्द आचार्य ५ दिनार
३०) टिकाराम आचार्य ५ दिनार
३१) पानरुवी तामाङ ५ दिनार
३२) डुबसाङ तामाङ ५ दिनार
३३) उमा राई २ दिनार
३४) राजेन्द्र श्रेष्ठ ५ दिनार
३५) आकाश क्षेत्री २ दिनार

कुल रकम: १९२ दिनार २५० फिल्स

अन्य साथीहरू मार्फत थप २४ दिनार ५०० फिल्स गरि कुल २१६ केडी ७५० फिल्सको हुन अाउने नेपाली रुपैयाँ ९३८३८।- अक्षेरूपी त्रीयानब्बे हजार अाठ सय अढ्तीस रूपैयाँ पीडितको नाममा रहेको राष्ट्रिय बाणिज्य बैकको खातामा जम्मा गरिएको जन-जागृतिले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

रिपोर्टहरूका अनुसार इरानबाट यात्रु बोकेको एक विमान यमनमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरिएको…

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

प्रतिकृयाहरू
...