Sunday 28th April 2024

कुवेतमा मेचीकाली समुह कुवेत गठन


तीतोपाटी – विगत १५ वर्षदेखि सामुहिक वचतको अवधारणा लिएर चलायमान भएको मेचिकाली सामुहिक वचत कोष मेचीकाली समुह कुवेतको रूपमा गठन भएको छ । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालीहरू वैदेशिक रोजगारीको क्रममा कुवेत आइ विभिन्न पेशामा कार्यरत श्रमिकहरूबिच सामुहिक रूपमा बचत संकलन गरि सदस्यहरूकै सेवामा संकलित रकम चलाउँदै आएको कोषको १५ औं वार्षिक उत्सवको अवसरमा आयोजित पिकनिकको अबसर पारेर मेचीकाली समुह कुवेतको गठन भएको हो । विगतमा विभिन्न व्यक्तिहरूको नेतृत्वमा वचत कोष संचालन हुँदै आएकोमा विगत ३ वर्ष देखि राजन श्रेष्ठको नेतृत्वमा यो बचत कोष संचालन हुँदै आएको थियो ।

संस्थाका संरक्षक, सल्लाहकार एवं संस्ठापक सदस्यहरू समेतको रोहबरमा आपसी सहमतिमा मेचीकाली समुह कुवेतको गठन भएको हो भने राजन श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति घोषणा गरिएको हो ।
संचालकहरू मित्रभक्त आचार्य र मिलन तामाङद्वारा संयुक्तरूपमा संचालन गरिएको दुइदिने पिकनिक कार्यक्रममा कोषका संस्थापकहरू टिकाराम आचार्य र सुन बहादुर तामाङ तथा युवा व्यवसायी सुजन के. सी. को उपस्थिति थियो भने संरक्षक जिवन सुनार, सल्लाहकारहरू सुन बहादुर तामाङ, लोमस बास्तोला तथा आनन्द आचार्य सहभागी भएको नयाँ कार्यसमिति घोषणा सभामा वचत कोषमा आवद्ध अधिकांश सदस्यहरूको उपस्थिति रहेको थियो ।

दुइ दिन सम्म संचालन गरिएको उक्त पिकनिक कार्यक्रममा संस्थाका संरक्षक जिवन कुमार बि.क. ले सबै सदस्यहरूसँगको परामर्श पछि सर्व सहमतिमा गठन भएको नयाँ कार्य समितिको घोषणा गरेका थिए भने १५ औं वार्षिक उत्सव अन्तरगत विभिन्न खेलकुद कार्यक्रमहरू तथा नाचगानको कार्यक्रमहरू पनि सम्मन्न गरिएका थिए ।

विगतमा सामुहिक वचत कोषको रूपमा मात्रै रहेर सदस्यहरूको आर्थिक उन्नतिको कार्य गर्दै आएको मेचीकाली समुहले सदस्यहरूलाइ कुनै किसिमको भवितब्य पर्न आएमा साथ सहयोग गर्दै आएको थियो भने अव उप्रान्त कुवेतको नेपाली समाजमा रहेर सामुदायिक कार्यहरू पनि गर्ने उद्देश्यका साथ मेचीकाली समुह कुवेतको रूपमा परिणत गरिएको जनाएको छ ।

तीन वर्षे कार्यकाल रहने गरि घोषणा गरिएको मेचीकाली समुह कुवेतको नवगठित कार्य समिति यस प्रकार रहेको छ ।

१. अध्यक्ष – राजन श्रेष्ठ
२. प्रथम उपाध्यक्ष मिलन तामाङ
३. दितृय उपाध्यक्ष – मित्र भक्त आचार्य
४. महासचिव – जीवन सुनार
५. सचिव – सोनाम लामा
६. कोषाध्यक्ष – हिमला तामाङ
७. सह-कोषाध्यक्ष – सर्वेश राय
८. अर्थ संयोजक – धुर्व श्रेष्ठ
९. अर्थ उपसंयोजक – शान्ति राइ
१०. अर्थ समिती सदस्य – विमला पंण्डित

सदस्यहरूः
१२. लक्ष्मि माया लो
१३. शालिकराम कुमाल
१४. नर बहादुर खत्री
१६. पारू खड्का
१७. दलसिङ चौधरी
१८. विष्णु मगर
१९. रोम बहादुर राना

त्यसै गरि मेचीकाली समुह कुवेतलाइ चुस्त र दुरूस्त गतिमा संचालन गर्नका लागि तपसिल बमोजिमको संरक्षक, सल्लाहकार र शुभेच्छुकहरू समेत चयन गरेको छ ।

संरक्षकः जिबन कुमार बि. क.
सल्लाहकारः सुन बहादुर तामाङ
सल्लाहकारः लाेमस बास्ताेला
सल्लाहकारः आनन्द आचार्य
सुभेच्छुकः सुजन के. सी.
सुभेच्छुकः वेदनाथ हुमागाइ
सुभेच्छुकः कृष्ण सुनार


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...