तोयानाथ दाहाल, उपेक्षित, बुद्ध जयन्तिको सन्र्दभमा प्रस्तुत कथा
आज बुद्ध पूर्णिमा मनाई रहेका छौ । अहिंसा, करुण को रुपमा वैशाख पूर्णिमा को दिन बुद्ध जयन्ती मनाईन्छ । आज कै दिन भगवान बुद्ध का जन्म पनि भएको थियो। त्यसैले आजको दिन लाई बुद्ध पूर्णिमा पनि भनिन्छ। भगवान गौतम बुद्धले करुणा र सहिष्णुताको सन्देश मार्फत दुनियाको सोच नै बदलिदिए ।
बुद्धले आफ्नो एक प्रबचनमा हरेक एक मानिसका लागि ४ श्रीमति चाहिन्छ भनेर एउटा कहानी सुनाएका थिए । जुन कथा अति रोचक छ । बुद्धको प्रारम्भिक प्रबचनको ३२ अगम सुत्रमा यस कुराको बर्णन गरिएको छ । कथामा भनिएको छ एक जना मानिसको ४ जना श्रीमती थिए । प्राचिन भारतको तत्कालिन सभ्यता र चलन अनुसार त्यस बेला एक पुरुषले कयौ श्रीमति राख्न सक्दथ्यो । समय वित्दै जादा त्यो मानिस विमारी भयो । अब उसले आफूलाई एक्लो महसुस गर्न लाग्यो तब उसले आफ्नी जेठी श्रीमती लाई बोलाएर भन्यो । प्रियसी हामी अब यहाँ नबसौ अर्को दुनियामा जाउ । हेर मैले तिमीलाई दिन रात माया गरे । जीवनभर तिम्रो ख्याल राखे, अब मेरो मर्ने बेला भयो । के म त्याहाँ मरे पछि जानुर ? उसलाई भरोसा थियो कि उसकी पहिली श्रीमति ले हुन्छ भन्लिन भनेर तर उनले भनिन मेरो प्यारो पति, तिमीले मलाई धेरै माया दियौ, तर अपसोस तिम्रो अन्त हुने बेला भयो म यस्तो अवस्थामा कसरी जान सक्छुर ? अलविदा प्रिय ।
त्यसपछि त्यस मानिसले आफ्नो दोश्री श्रीमती लाई आफ्नो शयन कक्षमा बोलायो र विनम्रतापूर्वक भन्यो हेर प्रियसी म अर्को यात्रामा जान चाहान्छु अब त्यो बेला पनि जजिकै छ । त्यसैले तिमी मेरो साथ जानु पर्छ है । उसले उनलाई फकाउदै भन्यो की तिमीलाई मैले कति माया दिएर राखे, कहिले कहिले त तिमीले छाडेर अन्तै कतै जान्छौ की भन्ने डर पनि लाग्थ्यो तर मेरो अटल माया, विश्वास, भरोसा र कामनाले गर्दा तिमीलाई विचलित हुन दिएन । अब हेर तिमीले मलाई साथ दिन पर्दछ । तर उसकी दोश्री श्रीमतिले भनिन । यो काम तिम्रो पहिली श्रमतिले गर्न पर्ने थियो । उनले ईन्कार गरिन । मलाई त तिमीले आफ्नो स्वार्थका लागि विहे गरेको हो । म कसरी तिमीसँग जान सक्छुर ?
दोश्री श्रीमतिले नमाने पछि उसले तेश्री श्रीमति लाई बोलायो । उनले श्रीमान को आग्रह सुने पछि आँखाभरी आँशु पार्दै भनिन । प्रिय मेरा पति मलाई तपाईको औधी माया लाग्छ । तपाई अब यस्तो अवस्थामा पुग्नु भयो की फर्कने सम्भावना पनि कम छ । म हजुरको मृत्यु मा दुःखी हुनेछु । मलाई पनि यहाँको अभाव ले सताउने छ तर के गर्नु म हजुरको आग्रह लाई पूरै ईन्कार गर्न सक्दिन जहाँ तपाईलाई जलाउन का लागि लगिन्छ त्यहाँ सम्म चाहि अवश्य जान्छु ।
तिनै जना पत्नि ले कुनै न कुनै बहानामा उसको मृत्यु पछाडी हुने उसको यात्रामा सँगै जान अस्वीकार गरे पछि उसले चौथो पत्निलाई सम्झियो र उनलाई पनि बोलायो । तर यीन लाई उसले खासै वास्ता गर्दैनथ्यो । उनीसँग उसको राम्रो व्यवहार पनि थिएन । सधै उनलाई एउटी दासीको रुपमा व्यवहार गर्ने गरेको थियो । उसले तिनलाई र तिनका मागहरु लाई सधै दुत्कार्ने गर्दथ्यो । त्यसकारण चौथी पत्निले स्वीकार गर्लिन भन्ने मा विश्वास नै थिएन । त्यै पनि उसलाई एक्लोपनको डर यति बढिरहेको थियो कि कोहीनकोही साथ मा रहोस भन्ने चाहान्थ्यो त्यसैले कान्छिसँग पनि उही अनुरोध राख्यो । तर अचम्म कान्छिले त उसको अनुरोधलाई अलिकती पनि दायाँबायाँ कुरा नगरेर स्वीकार गरिन । उनले भनिन मेरो प्रिय पति म तपाईको साथ जान तयार छु । यसरी म तपाईको साथ जाँदा जे पनि आईलागोस म कति विचलित हुने छैन । तपाईको साथ दिन दृढ संकल्पित छु । म तपाईबाट कहिले पनि अलग हुन सक्दिन ।
यी चार वटी श्रीमतिवाला पुरुषको कहानी सकेर बुद्धले भने प्रत्येक पुरुष वा श्रीमतिका चार श्रीमतिहरु र चार श्रीमानहरु हुने गर्दछन । यसको खास मतलब हो । पहिलो पत्नी या साथी हाम्रो शरिर हुने गर्दछ । जसलाई हामी रातदिन माया गर्दछौ, विहान हुने वित्तिकै मुख धुन्छौ, नुहाँउछौ, सफा र राम्रो कपडाहरु लगाई दिन्छौ, खुट्टामा जुत्ता देखि हरहिसाबले ख्याल गर्दर्छौ, टायम टायम मा भोजन गराउछौ तर जब हामी वित्छौ अर्थात मर्छौ यो शरिर लाई पनि साथ दिन सक्दैनौ । पहिलो श्रीमतिले छाडे जस्तै हामीले छाडनु पर्दछ । हामीले अर्को दुनियामा लान सक्दैनौ ।
जब हाम्रो जीवनको अन्तिम स्वासप्रस्वास चल्न थालिसकेको हुन्छ । हाम्रो शरिरको, अनुहारको रंग बदलिन शुरु हुन्छ । मुहारमा कान्ति हुदैन , सवै आफ्न्तहरुले घेरा हाल्छन, रुन्छन, कराउछन, अनेक अलाप विलाप गर्दछन तर त्यसले केही हुदैन । कति पनि फरक पार्दैन । बरु उनीहरु सवै मिलेर स्वास लिन बन्द नहुदै घरबाट निकाल्छन र खुल्ला ठाउँमा अर्थात आँगनमा लडाउछन र सेतो कपडा ओढाई दिन्छन । त्यहि नै हाम्रो शरिरको गन्तव्यको पहिलो पाहिला हो ।
दोश्री पत्नी को मतलब हो हाम्रो भाग्य । यसका लागि भौतिक बस्तुहरु, धनसम्पती, पद प्रतिष्ठा, नोकरी आदिलाई दर्शाउछ । यी सव कुरा पाउनका लागि मानिसले निक्कै धेरै मेहनत गर्दछन, ती कुराहरुको प्राप्तीलाई निक्कै नजिकको सम्बन्ध ठान्छन । त्यसलाई जोगाई राख्न बचाई राख्न हरसम्भव उपाय गर्दछन । यी कुराहरुलाई मास्न सक्न लाग्दैनौ, बरु अरु थप्न खोजिरहेका हुन्छौ तर त्यो चाहानाको कुनै सिमा नै हुदैन । जीवनको अत्यसम्म यी कुराहरु आर्जित भईरहदैनन । जरुरत हुदा सम्म र तागत ले भ्याए सम्म यीनलाई हामीले जोड्ने हो । दोश्रो श्रीमती ले उसलाई यहि भनेकी थिईन की तपाईले मलाई आफ्नो अहँकार र स्वार्थको खातिर मलाई आफ्नो साथमा राख्नु भएको थियो । बास्तबमा मानिसको अहंकार र स्वार्थले जोडेको कुनै कुरा पनि मृत्यु पछि काम लाग्दैन सवै छोडेर जाने नै हो ।
बुद्धले भनेको तेश्री श्रीमति हाम्रा नातागोता र आफन्तहरु हुन । भाई, बहिनी, नाती, छोरा छोरी लगायतका मानिसहरु तेश्रो पत्नि भने जस्तै उनीहरु आँखाभरी आँशु लिएर विदाईका लागि घाट सम्म मात्र जाने हुन । उनीहरु उदास चेहरा लिएर आउँछन र घाटबाट फर्किन्छन । अर्थात हाम्रो शरिर रहेसम्मका लागि हुन । हरेक मानिसले जाने र आउने त एक्ला एक्लै नै हो । मृत्यु पछाडी हाम्रो साथ कसैले दिन सक्दैन ।
बुद्धले सुनाएको चार श्रीमतिको कहानीको अर्थ अनुसार चौथी श्रीमति हाम्रो मन अर्थात चेतना हो । हामी मा रहेको क्रोध, लोभ, आशक्ति, मोह, घमण्ड, असन्तोस हामी जहाँ जान्छौ त्यहि जान्छ । त्यसलाई छाडेर वा कसैलाई दिएर जान मिल्दैन । त्यसैले त्यसलाई बुद्धले चौथो श्रीमतिका रुपमा कथामा व्याख्या गरेका छन । चौथो श्रीमतिले तुरुन्त पति को साथ नछोडने जुन प्रतिबद्धता जनाईन त्यसको कारण यहि हो । यसर्थ बुद्धले हरेक मानिसका चार जना श्रीमान वा श्रीमति हुन्छन भन्ने कहानीद्धारा मनिसको चेतनामा जिवनको अर्थ बताएका थिए ।