Monday 8th June 2026

कुवेतमा प्रकाश सपुत र तक्मे बुढाको साथमा नयाँ वर्ष धमाका सम्पन्न


कुवेत- नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतको आयोजनामा गत शुक्रबार ६ जनवरी २०२३ का दिन लोकप्रिय हास्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो । कुवेतको जलिब स्थित सेन्ट्रल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ कुवेतले संस्थाको छैटौं वार्षिकोत्सवको अवसरमा नेपालबाट अतिथी कलाकारको रुपमा बहुचर्चित कलाकार द्वय विल्सन बिक्रम राई र लोक गायक प्रकाश सपुतलाइ कुवेत ल्याइ सो कार्यक्रम सम्पन्न गरेको हो।

May be an image of 1 person and standing
संस्थाका अध्यक्ष चन्द्र पाख्रीनको सभाध्यक्षता र प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी रहेको सो कार्यक्रम सुजन घिसिङ र रोशन राइले सामुहिक रुपमा सञ्चालन गरेका थिए।
कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने भनेपनि २ पछि पछिबाट मात्रै कार्यक्रम सुरु भएको थियो।
May be an image of 1 person, standing, playing a musical instrument and sunglasses
कार्यक्रममा उपस्थिति सम्पूर्णलाई भूमिराज राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने स्वागत मन्तब्य दिनेमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नवराज पन्थी जजिरा प्रतिनिधि सुजन केसी जनजातिमा महासंघ अमृत तमाङ एनआरएनए कुवेतका आईसीसी सदस्य हरि लावती एनआरएनए अध्यक्ष रणध्वज लामा ऐमबासटर सुपरमार्केटका प्रतिनिधिले शुभकामना दिएका थिए।
May be an image of 2 people, people standing and outdoors

कुवेतमा हुने हरेक सांगीतिक कार्यक्रममा भन्दा नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाे कार्यक्रममा नेपालीहरूको अत्याधिक उपस्थिति भएको देखिन्थ्यो ।
दर्शकहरुको भिँडलाई तक्मे बुढाले पेट मिचिमिचि हाँस्ने गरि प्रस्तुति दिएका थिए भने प्रकाश सपुतले लगभग एक दर्जन जति गीत गाएर दर्शकहरुलाइ झुमाएका थिए।
May be an image of one or more people, people standing and outdoors
नेपाली दर्शकले रुचाएका हास्य कलाकार तक्मे बुढा र गायक प्रकाश सपुत अाएकै कारणले दर्शकको अत्याधिक भिड देखिन्थ्यो भने त्यो भिडलाई देखेर नेपालवाट आएका ख्यातिप्राप्त हास्यकलाकार र गायकले दर्शकलाई आफ्नो प्रस्तुति कार्यक्रमको अन्तिमसम्म मनोरन्जन प्रदान गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...