Friday 24th July 2026

तमू ल्होसारको तयारी पुरा,कार्यक्रम स्थल जान-आउन निःशुल्क यातायातको ब्यवस्था


कुवेत – तमू ल्होसार २०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम-२०२२”का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ। तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङले मिडिया सँग भने”गुरुङ जातिहरुको महान पर्व “हि ल्होसारको अबसारमा आयोजना गर्न लागिएको यस विशेष कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्न सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई अनुरोध गर्दछु।”

कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनका लागि मुख्या आकर्षणहरु:-

१,तो-ल्हो (बाघ वर्ग) लाई बिदाइ तथा ही-ल्हो (बिरालो वर्ग) को स्वागत
२,ग्रह शान्ती तथा ल्होकोर पूजा
३,शुभ कामना आदान प्रदान
४,सँस्कृतिक कार्यक्रम
५,छेलो फाल्ने प्रतियोगिता
६,रसी (डोरी) तान्ने प्रतियोगिता (पुरुस र महिला को अलग अलग हुने छ)
७,हाडी फोड्ने प्रतियोगिता
८,म्युजिकल चियर प्रतियोगिता
९,जलपान तथा भोज कार्यक्रम

यहि आउदो डिसेम्बर ३० तरिक २०२२ शुक्रबार को दिन तमुहरुको महान पर्व तो’ल्हो (बाघ बर्ग)लाई बिदाई गर्दै´हि’ल्हो (बिरालो बर्ग) लाई स्वागत गर्दै बिगतका बर्षहरुमा झै यस बर्ष पनि नयाँँ बर्ष शुभ कामना आदान प्रदान साथै संस्कृति कार्यक्रम,को साथ निम्न मिति,स्थान र समयमा भब्य /सभ्या साथ मनाउन गईरहेको तमू ल्होसार कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निमन्त्रणा मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन आयोजक तमु समाजले हार्दिक अनुरोध गरेको छ।

नोट:- कार्यक्रम स्थाल सम्म आउन जानको लागि आयोजकले निशुल्क यातायातको ब्यबस्था गरिएको छ। फाहिल,मङगाफ,फिन्टास,माबुला को लागि (माबुला को हिमालय रेस्टुरेन्ट) संपर्क को लागि किरण गुरुङ (६७७१३६७४) त्यस्तै गरी हबेली,जब्रिया सल्मिया को लागि साल्मिया को (अपोलो अस्पातल) सम्पर्कको लागि पदम गुरुङ(६६८४७६३४) त्यस्तै गरी जिलिब,खैतान,फर्वनियको लागि (फर्वनियको जमिया नजिकै को पुलिस स्टेसन बस पार्क) सम्पर्कको लागि सुरेश गुरुङ (६६२८२२७५)

कार्यक्रम : तमु हि ल्हो (बिरालो बर्ग )ल्होसार
मिति : ३० डिसेम्बर २०२२ (शुक्रबार)
समय : अपरान्ह ठिक १२.०० बजेदेखी
स्थान : हिजुल कबड एरिया ब्लक न :१
आयोजक : तमु समाज कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...