Monday 28th September 2026

सरोकार समाजको दशैं विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा, अतिथि कलाकार बिहिबार बिहान आउने


तितोपाटी- नेपाल कुवेत  सरोकार समाजले  आगामी शुक्रबार ३० सेप्टेम्बर २०२२ का दिन आयोजना गर्न लागेको दशैं विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समाजको चौथो सांगीतिक धमाकाको रूपमा आयोजना गर्न लागिएको दशैं विशेष सांगीतिक कार्यक्रमको लागि नेपालका  चर्चित  गायक एवम् भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाललाई कुवेत ल्याउने भएको छ भने नेपालबाट आउने अतिथि कलाकारहरू आगामी बिहिबार २९ सेप्टेम्बर बिहान जजिरा एयरको उडान मार्फत कुवेत आइपुग्ने समाजका महासचिब दामोदर बटालाले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् ।

कुवेतमा रहेका नेपालीहरूले अत्यन्त रूचाइएका र सबैभन्दा धेरै पटक कुवेत आउने कलाकारको सूचिमा पहिलो नं. मा पर्न सफल चर्चित पप आधुनिक गायक प्रमोद खरेलको साथमा गायिका मेचु धिमालले कुवेतवासी नेपालीहरूलाइ दशैंको पुर्व सन्ध्यामा विशेष सांगीतिक खुराक पस्कनेछन् । अतिथि कलाकार द्वयका साथमा स्थानीय कलाकारको प्रस्तुति रहनेछ भने नेपालबाट आउने अतिथि कलाकारको स्वागतको लागि बिहिबार बिहान १०ः०० बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनुहुन कुवेतमा रहेका संघ, संस्थाका पदाधिकारी, पत्रकार, कलाकार लगायत सम्बन्धित सबैलाइ समाजले अनुरोध गरेको छ ।

कार्यक्रमको लागि सबैलाइ निमन्त्रणा पठाइ सकिएको जनाउँदै प्राविधिक कारणले यदि कोही कसैले निमन्त्रणा प्राप्त गर्न नसकेको भएपनि आगामी ३० तारिक हुने सांगीतिक कार्यक्रमा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ ।

कार्यक्रमको विवरणः
मितिः सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार
स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप
समयः बिहान ११ बजेदेखि
आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...