Thursday 28th March 2024

सत्य कथाः हिममायाको जिन्दगी


रोजिना ढुंगाना – हिममायाको जन्म वि.सं. १९९५ सालमा पाँचथजिल्लाको तुम्बुङ भन्ने ठाउँमा बुबा कपिल मुनि र आमा पम्फादेबीको चौथो सन्तानको रूपमा भएको हो । वहाँका तीन दाजु भाइ र दुई दिदी बहिनीहरु थिए। हिममया एक मध्यम परिवारकी इमानदार र साहसी महिला हुनुहुन्थ्यो । बिकट ठाउँमा जन्मिएकी हुनाले शिक्षाबाट बन्चित हुनु हुन्थ्यो । मेला पात घाँस दाउरा नै वहाँको दिनचर्या थियो। वहाँको गाउँ नजिकै गोपेटार भन्ने रमाइलो गाउँ हिममाया अझै बिर्सन सक्नु हुन्न,जहाँ बालापन बितेको थियो । एक सुक्का पाए खुसी भएर दिदी र दाजुसँग मन परेको कुरा किन्न दाैडिनु हुन्थ्यो । हिममायाका बाल्य सखीहरु आफ्नै दाइ भाइ दिदी बहिनीहरु थिए । यसरी नै बित्यो बाल्यकाल ।

समय बित्दै गयो हिममाया पनि १७ वर्षकी भइसकेकी थिइन् । दुई दाजुहरु र एक दिदी को बिवाह पनि भै सकेको थियो। हिममाया सानै उमेर हुँदै आफ्नी आमा बिति सक्नु भएको थियो । पालनपोषण गर्ने बुबा मात्रै हुनु हुन्थ्यो । माइती घरमा सबै घरायसी कामकाज आफ्नी दिदी र बहिनीहरु संग संगै सिक्नु भएको थियो । हिममाया दिदी बहिनी र दाजु भाइ मध्येकी सरल र सिधा स्वभावकी हुनु हुन्थ्यो । उमेर अनुसार अब हिममायाको बिहे हुने कुरो चल्यो । ताप्लेजुङ जिल्लाको फुङ्लिङ भन्ने गाउँका इन्द्र प्रसाद सँग हममायाको बिहे भयो । घरमा सासू, ससुरा,जेठाजु,नन्द घर भरी परिवार थियो । हिममाया दुख सुख श्रीमानको घरमा अति नै इमान्दार रूपमा आफ्नो घर गरि खादै हुनु हुन्थ्यो । समय बित्दै गयो हिममायाको परिवारमा दुख पीडा र अफ्ट्यारो आइपर्यो । घरमा अनिकाल पर्यो, खेतीबारी उजाडियो,गाउँ भरी रोग ब्यदी फैलियो । सबै छिमेकीहरु फटाफट परदेशिए जस कारण हिममायाको परिवार पनि भुटानको साम्ची भन्ने ठाउँमा बसाइ सरि जान पर्यो । बिचरी हिममाया अपरिचित ठाउँ,नौलो गाउँ,आफ्ना आफन्त र माइतीबाट कोसौ टाढा,धेरै दुःख पाउनु भयो । धेरै चाड पर्बहरु -तिज, तिहार रोएरै बित्न थाले । धेरै बर्ष रहँदा बस्दा ६ सन्तान कि आमा हुनु भयो। अब त सुखका दिन आउला भनी आसामा हुनु हुन्थ्यो तर वहाँका श्रीमानले दोश्रो बिवाह गर्नु भयो । बिचरी हिममायालाइ ठूलो बज्रपात पर्यो ।कति निर्दयी श्रीमान् ६ सन्तानपछि के कमि थियो र ! त्यसपछि त हिममायाले झन कहिलै शान्ति पाउनु भएन। श्रीमान्ले दिएको पीडा र साना साना वर्साैटे छोरा छोरीको भविष्य सम्झिदा आफुलाइ समाल्ने र चित्त बुझाउने ठाउँ काहीँ थिएन । कतै गएर आफ्नो दुख पोख्ने ठाउँसम्म थिएन । तर के गर्नु एउटी अन्पढ अबला नारी पीडा सहेर बस्न विवस हुनु हुन्थ्यो । घरमा दिन रातको किचलो, के खाउ र के ख्वाउ भएको थियो।आखिर ती साना लाला बालालाई त्यागेर मर्न पनि सक्नु भएन । वहाँले हिम्मत गरेर गरि खादै हुनु हुन्थ्यो ।

सौताको हेपाइ श्रीमानको कुटाइ सबै सहेर बस्दा पनि एक दिन श्रीमानले सौता लिएर छुट्टीएर जाने निर्णय गर्नु भयो । आफ्नी आमा आफैले लाने र आमाको जिउनी आफूले खाने भनेर वहाका श्रीमानले धान फल्ने राम्रो खेत सबै आफैले लिएर हिममायालाई पाखो वारी मात्र दिने भए । छोराछोरी पनि भाग लगाउने कुरा चलिरहेको सुन्दा हिममायाको मुटु छिया,छिया भयो ।बिना गल्ती नै आफुलाइ दिइएको यत्रो सजाय देखेर हिममायाको आफुले मान्ने गरेका भगवान संग को आस्था पनि मरेर गयो । नारी माथि गरिने थिचो,मिचो र दुर्व्यवहार देखेर हिममायाले नारी या छोरी हुनुमा आफैलाइ धिकार्नु भयो । अनि आफ्नी एउटी भएकी सानि छोरी प्रति चिन्ता गर्नु भयो।

हिममाया खानु न पिउनु बहुलाइ जस्तै गाउँ ,गाउँ मा गएर आफ्ना सन्तान आफैसित राख्न पाउ भनी माग गर्न थाल्नु भयो। कैयौं दिन धाए पछि गाउँका ठुला भनाउदाहरुले छ्लफल गरिदिने आसा देखाउनु भयो। र भेला पनि भयी दिनु भयो। सबैको जमातले निर्णय गरे बमोजिम छोरा,छोरीको इच्छा अनुसार हुन्छ जो सङ बस्न चाहान्छ, भने पछि हिममायामा अलिक साहस आएको थियो । आखिर छोरा छोरीले हिममायालाई नै रोजे । आखिर आमाको जित भयो । त्यो दिन देखि अतिनै,दुख,पीडाहरु सहदै ६ जाना छोरा छोरी सङं संघर्षमय जीवन जिउन थाल्नु भयो । हिममायाको घरमा उनका श्रीमानले केही छाडेनन नाङो पारेर राम्रो र किम्ती चिजहरु लुगा फाटो देखि भाडा कुडा अन्न पानी गाई बस्तु सबै लगे । बिचरी हिममाया आफ्नो पेटमा पटुकी कसेर, जंगलको सिस्नो को खोले ख्वाएर छोरा छोरी हुर्काउँदै जानू भयो । नजिकै अर्को घर बनाएर बसेका वहाँका श्रीमान् र सौताले कहिल्यै सुखले भने जिउन दिएनन् । पाल्छु भनेर लगेकी आमालाइ सम्पती लिइ सके पछि घरबाट निकालिदिए ।

त्यस्तो निर्दयी छोराकी आमा भने असल हुनु हुन्थ्यो । हिममायाले ती सासू समेत ल्याएर आफैले पाल्नु भयो। वाहाका श्रीमान् र सौताले कहिले घर का सामान चोरी दिने कहिले घर भत्काइ दिने कहिले के र कहिले के दुख दिइनै रहन्थे । समय धेरै बितिसक्यो छोरा छोरीहरु पनि हुर्की सकेका थिए अब छोरा छोरीको बिवाह पनि हिममायाको काधको जिम्मेवार बनेको थियो । साहसी हिमामायाले एक छोरा र छोरीको एकै लगन गरेर बिवाह सम्म गरिदिनु भयो। अब भने केही सुख पाइएला भनेर आसामा हुनु हुन्थ्यो तर भगवान ले अबला हिममायाको सुख देखि सहेनन । त्यसै नै बेला भुटानमा आन्दोलन भयो कुट पिट मारामार भयो । नेपालीहरु भुटानमा बस्न नपाउने,अटेरी गरि बसे मारिदिने भोटेहरुको धम्की आयो । फेरि अर्को बज्रपात आइपर्यो भगवान पनि कति निर्दयी होला हरे! बल्ल बल्ल जोडेको घर वारी गाई बस्तु देखि अन्न पानी सम्म छोडेर हिमामामाया ले आफ्नो माइतिघर जाने निर्णय गर्नु भयो । धेरै आतिनु भयो बा छोरा छोरिलाइ मारी हाल्ने हो कि? बेसाहारा ती आमालाई छोराहरुले साहरा दिन थालिसकेका थिए ।

सन्तानको रक्षाको लागि फेरि सबै त्यागेर २०३० सालमा राता रात जन्मभुमी नेपाल फर्कनु भयो । हिममायाको माइती परिवारमा आमा र बुबा को देहान्त भै सकेको थियो । झापामा आफ्नो माइती घर दाजु र भाइको सरणमा बस्न थाल्नु भयो तर त्यत्रो ठूलो परिवार माइती घरमा पनि बस्न सम्भब थिएन । केही महिना बिताइ सकेपछि मोरङको बिराटनगरमा आफ्नो बासस्थान बनाउनु भयो। अर्थात सानो झुप्रो हाली बस्न थाल्नु भयो । दयनीय अबस्थामा रहेको त्यो परिवारमा अब हात मुख जोर्न सम्म अति नै गारो हुन थाल्यो। अरुको अधिया ठेक्का खेती गर्न थाल्नु भयो ।र पनि विभिन्न समस्याहरुले पिरोलिरहन्थ्यो । समय धेरै बिति सकेपछी हिममायाका नाति नातिनाहरु पनि भए । नेपालमा पाइलो टेकेका दिन देखि नै नागरिक्ता चाहिने रहेछ । जे गर्न पनि बिना नागरिक्ता केही नहुने भएपछि हिममायाका छोराहरुलाई धेरै आपती परेको थियो । हिममाया सँग न त भुटान को नागरिक्ता थियो न त नेपाल को नै । नानीहरु स्कुल जान जन्म दर्ता,बिहे दर्ता,केही छैन हिममायाका सहयोगी र बोलिदिने कोहि भएनन् । वहाँका छोराहरु ले खाएर बचेको सबै नागरिक्ता बनाउने भनेर कहिले अड्डा अदालत ठुला बढाको पछि लाग्दै सकिन्थ्यो । करिब १० बर्ष भन्दा बढी बिति सक्ता पनि बनिएननागरिक्ता । नागरिक्ता बनाउन श्रीमान् चाहिने अरे ! हिममाया र उनका छोराले त्यो निर्दयी बाबूलाई बोलाउने हिम्मत गरेनन । कहाँ थियो के थियो त्यो परिवारलाई केही पत्तो थिएन । सबैले जमिन जोड्थे,बिदेश जान्थे, हिमामायाको परिवार विवश थियो अधियाँ ठेकमा जिवन गुजार्न । कस्को सराप लागेको रैछ कुन्नि ,पुर्ब जन्मको पापको फल होला सायद । यो जन्ममा त दुःख र पीडा बाहेक केही पाएनन ।

खाएर बचेको कैयो वर्षको कमाइ खर्च गरि सकेपछि बल्ल बल्ल नागरिक्ता बन्यो तर आफ्नो सबै थोक रितियो । बिराटनगरमा थारु समाज थियो सोही ठाउँमा बस्नु भएको थियो । मर्दा पर्दा कोहि हुदैनन भनेर हिममायाका दाजु भाइले झापा बोलाउनु भयो । हिममाया पुनः त्यहाँ भएको सबै छोडेर स-परिवार झापाको धरमपुर बसाइ सरेर जानुभयो । सानू झुप्रो ठुलो परिवार।हाल हिममाया का ५ भाइ छोरा र एक छोरी सबैको बिवाह भएर नाती नातिना,पनाति पनातिना कि धनी हुनु भएको छ । त्यो सानो घरमा सबैलाइ आट्न गाह्रो भएर छोराहरु आफ्नो आफ्नो गरि खान निस्किए । ८५ वर्ष को उमेरमा हाल हिममाया दमक नगरपालिका वाड न १ मा आफ्ना जेठा छोरा सँग बस्नु हुन्छ । हिममाया अहिले खुसी हुनु हुन्छ ।आफ्नो पालामा भन्दा अहिले धेरै कुराको सुधार भएको पाउनु हुन्छ । श्रीमानको हेपाइ अहिले त्यत्रो सहनु नपर्ने, बहुबिवहको मुद्दा दर्ता लागू भएको र कानुन-प्रसासन दर्बिलो भएको,सामाजिक शिक्षामा धेरै नै सुधार भएको बताउनु हुन्छ । तर बिगत सम्झ्दा आफुलाइ जस्तो अरुलाइ नपरोस,सबै छोरी हरुलाइ शिक्षा दिइयोस,सानै उमेरमा कुनै नारीको बिहे नहोस भन्न चाहानु हुन्छ । यस्ती
संघर्षशील र साहसी महिला यो जमानामा बिरलै भेटिएला हिममायाको जीवन कथाले धेरै को जिउने साहरा बन्न सक्छ । यस्ती सहनशील, इमानदार आमाबाट हामिले धेरै पाठ सिक्ने छौँ। यस्ति साहसी आमालाई सलाम छ । धन्यवाद ।

(सर्वाधिकार लेखकमा सुरक्षित)


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...