Wednesday 7th October 2026

लघुकथाः ठिटी -नारायण कोइराला


मुसुक्क हाँस्दै बाहिर निस्कँदै थिए। एउटा कोर्ली गाई जस्ती ठिटीलाई मनिलो अनुहारमा देखें। अनुहार पनि नयाँ। मनमा कुरा थियो। बोल्ने आँट चाहिँ भएन। उनले मलाई टाढा सम्म हेरिरहिन।
अर्कोदिन म मलिनो र दुःखी अनुहार बनाउँदै उनको दुखाई बुझ्ने कोसिस गरेँ, उनी उस्तै। म चकित भए। मेरा सबै प्रयास असफल। या त उनले मेरो भावना बुझिनन् या मैले उनको । उनलाई बुझ्ने प्रयास चाहिँ गरिरहेँ।

समस्या नै परेर होकी? भनेर आर्थिक पक्ष सोधें।
बल्ल उनको अनुहारमा चमक आयो। फिस्स हाँस्दा टिल्लिक दाँत चम्किए। मेरो खुसीको सीमा रहेन। मनमा लड्डु नै पाकें। उनको हातमा आर्थिक सहयोगको पोको राखिदिए। उनी झन् मुस्कुराइन् । म संग बोल्ने शब्द नै थिएन।

दुईचार दिन कामको सिलसिलामा म गाउँबाट बाहिर गए। फर्कने बित्तिकै ठिटीको मुस्कान हेर्न आँखाहरु आत्तिएँ।

आँखामा उनको अनुहार जुध्ला भनेको त , ” हैट !! उल्टै गाउँलेहरुले खासखुस गरेको सुनें। लुटी नी ठिटीले।”

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...