Sunday 17th May 2026

आफ्नो लुटतन्त्र ढाकछोप गर्न पृथ्वी नारायण शाहको अपमान गरिन्छ


डा.अम्बरिश पोख्रेल- पृथ्वी नारायण शाहकै पुनः एकीकृत नेपालबाट आज सम्मको सबैभन्दा वढी मोज, मस्ति, ऐस आराम मात्र हैन नेपाल र नेपालीको साझा सम्पत्तिमा लाखौं लाखको त के कुरा ! करोडौं हैन कि अरवौं अर्व पैशा समेत कथित कानुनी कागज मिलाउँदै लुटिसकेका र लुट्न अभ्यस्त हालका नेता र पार्टीहरुले नै ति महान राष्ट्र नायकलाई सवैभन्दा बढि धोर निन्दा र अपमान गर्दै छन् ।

२. उनिहरुवाट अपमान गर्न मात्र हैन, अरूलाई पनि यहि कुरा सिकाउँदै छन् ।

३. खासमा अहिलेका शासकहरूले आफ्नो कालो इतिहास र लुटतन्त्र ढाकछोप गर्नकालागि मात्र ति राष्ट्र नायकलाई जवरजस्ती अपमान गरिरहेको कुरामा शंका रहेन ।

४. पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरिसकेपछि पनि त्यहाँ रहेका क्यापुचिन पादरीहरुलाई कान्तिपुरमै रहने अनुमति दिएका थिए। परन्तु पछि शाहले ती पादरीहरु उपचार र शिक्षणका नाममा धर्म परिवर्तन गराइरहेको मात्र हैन, बृटिस इस्ट इन्डिया कम्पनीका लागि जासुसी समेत गरिरहेको चाल पाएपछि ती सबै पादरीहरुलाई नेपाल छोड्न लगाएका थिए।

५. शाहले राम्रोसँग बुझेका थिए कि ती पादरीहरुको उद्देश्य भनेको अंग्रेजहरुसँग मिलेर नेपाललाई उपनिवेश बनाउने थियो। आफ्नो त्यो मिसन पूरा नभएको रीसले मुर्मुरिएर ती पादरीहरुले पृथ्वीनारायण शाहका बारेमा तथानाम झुठा विवरणहरु लेखे। अहिले पृथ्वीनारायण शाहलाई गाली गर्नेहरु तिनै झुठा विवरणहरुलाई प्रमाण मानी उनी विरुद्ध आगो ओकल्ने गर्छन्।

तीन थरीका मानिसहरूले पृथ्वी नारायण शाह लाई गाली गर्ने बाध्यता छ।

६. कम्तीमा पनि यो हप्ता वा पर्सि मंगलबारसम्म अर्थात पौष सत्ताईस (२७) गतेसम्म जसरी पनि, घुमाएर, फिराएर, अनेक किसिमबाट पृथिबी नारायण शाहको बिरुद्द केही न केही लेख्नु भएन, बोल्नु भएन वा भाषण गर्नु भएन भने, तपाईं विद्वान्, विदुषी, बुद्धिजीवी, क्रान्तिकारी वा युवा नेताको रूपमा नेपाली समाजमा स्थापित हुन सकिदैन ।

त्यो नगर्नेहरुलाई, विदेशीहरूले (जस्तै दूतावास समेत) तर नेपाल सरकारकै (राज्य कै) विभिन्न पद प्रतिष्ठाको लागि सहयोग गर्दैनन् । संवैधानिक निकाय देखि मन्त्रीसम्म नियुक्ति खान पाइँदैन ।

७. तपाईंले देशी विदेशीहरूसंग झोला बोकेर, आफ्नो NGOs वा INGOs बाट पैशा खाने (तलब भत्ता वा अनुदान नी हुन सक्छ) गरेको छ भने त, झन् ठूलो_ ठूलो स्वरमा विरोध गर्नु पर्ने हुन्छ । अन्यथा आउँदो वर्ष के खाने ? पैशा कहाँ बाट आउने ? जागिर कसले दिने ? नेतागिरी कसरी गर्ने ?

८. सधैंको लागि नेपाल छोडिसकेका भगौडाहरुले (केही मान्छेहरू) आफू बसेको देशको विसंगतिको बारेमा बोल्ने, लेख्ने हैसियत तथा लेख्ने आँटको कुनै गञ्जाइश नभएको हुँदा, पुन: नेपालतिर फर्किएर पृथिबी नारायण शाहलाई धारे हात लगाउनु भनेको, त्यहाँको उकुसमुकुस यतातिर पोखेर, मन् शान्ति गर्नु तिनीहरूको बाध्यता हो ।

जस्तै: तिनीहरूले जोन बाइदेन्, डोनाल्ड ट्रम्प वा नेपोलियन बोनापार्ट को बारेमा चुइँक्क लेख्न सक्दैनन्। बेलायती महारानी एलिजाबेथ जसको पालामै ठूला ठूला युद्द भए; लाखौ मानिस मारिए तर उनको बारेमा चुइँक्क बोलेको देख्नुभएको छ ? मैले त देखेको छैन ।
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...