Thursday 16th October 2025

कुवेतमा लकडाउनको एक वर्ष पुरा: अझै सतर्कताको खाँचो


बसन्त थापा – कुवेतको बसाइमा कोरोनाको एक वर्ष हामीले देखीहाल्याैं । यस अवधिमा मैले पहिलो लकडाउनको अनुभव भयो जुन घर भित्र रहेर बन्द कोठामा कैदी जस्तै बस्नु पर्यो र बाहिर सडक, सहर मौन रहेको देखियो।

कोरोना महामारीले २०२० लाइ बिट मार्नै लाग्दा कोरोना बिरूद्धको खोप बजारमा आएपछि यहाँको सरकारले खोपको सुरूवात गर्यो । लाग्यो अब कोरोनाको विदाई हुने पक्का भयो। तर फेरि हरेक दिन कोरोनाको बढ्दो तथ्यांकले हामी अप्रवासीहरूको मन मुटु नै हल्लाइदियो र फेरी कुवेत सरकारले बेलुकाको समयमा कर्फ्यु लागु गर्यो।

जानकारीका अनुसार सन २०१९ को नोभेम्बरमा दक्षिणी चीनको वुहान शहरका एक ५५ वर्षिय व्यक्तिलाइ पहिलो कोभिड – १९ संक्रमण देखिए पछि यसले सारा विश्वलाइ हल्लायो । सायदै एक वर्षको अवधिमा कोरोना भन्ने शब्द थाहा नभएको सायदै कोहि होला । गत २०२० को सुरूवातदेखि उग्ररूपमा देखिएको कोरोनाको हालसम्म मानिसहरूले धेरै उतार-चढावहरू देखेका छन् । यो भाइरसले मानिसको जीवनशैली मात्र परिवर्तन गरेको छैन लाखौं मानिसहरुको ज्यान पनि लिएको छ। कसैले आफ्नो जागिर व्यवसाय गुमाए त कसैले आफ्नो आफ्ना आफन्तहरु गुमाए।

कोरोना महामारीले कसरी हामी जस्तो श्रमिकहरु र व्यवसायहरूलाई असर गरेको छ?

बिस्तारै समय पुरानो लयमा फर्किदै थियो तर दोश्रो कोरोना लहरले ती श्रमिक जस्को श्रमले मात्रै आर्थिक स्थितिमा सुधारउन्मुख रहेको थियो उनीहरुलाई निरास बनाएको छ । पुरा समय घरमा बस्दा मान्छेको दिनचर्या परिवर्तन भयो। यद्यपि घरमा बस्दै गर्दा सामान्य व्यवसाय पनि बन्द भयो र दैनिक आवश्यकताहरूका लागि समस्या पनि उत्पन्न भयो।

अहिलेसम्म हामी कसैले कुवेतमा भोग्न नपरेको अवस्था अनिश्चितकालका लागि डर र भयका साथ दिन गुज़ार्नु पर्यो । संक्रमणको प्रभाव र क्षतिलाई मध्यनजर गर्दै कुवेत सरकारले पटकपटक विभिन्न प्रकारका उपायहरू अवलम्बन गर्‍यो।

त्यस्तै अहिले पनि कुवेतमा र विश्वका धेरै देशहरुमा कार्यरत हामी आप्रवासीहरुले आंशिक कर्फ्यूको सामना गर्नु परिरहेको छ। हामी सबैलाई यो कसरी रोक्न सकिन्छ भन्ने कुरा राम्रो संग थाहा छ। अझ यस पटक हामीसँग भ्याक्सिनको पनि सहयोग छ। केवल सतर्क र सावधान भए मात्रै कोरोना संक्रमण हुनबाट बच्न र बचाउन सकिन्छ। यदि मास्क, स्यानिटाइजेशन र सुरक्षित सामाजिक दूरीको पालन गरेर नियमित दैनिकी बनाएर खोप लगाईयो भने हामी आफुलाई बचाउन र अरुबाट बाच्न सकिन्छ।

कुवेतमा कोरोनाका कारण सरकारसामु उभिएको संकट सामान्य मानिस र व्यवसायीको लागी यो एक चुनौती बनेको छ । गत वर्ष पनि कर्फ्यु र लकडाउन शुरू भए संगै लाखौ श्रमिकहरुको जागीर नै धरापमा पर्यो । कैयन श्रमिकहरु कामबिहीन हुनु पर्यो । कतीले जागीर गुमाएर घर न घाट बने जस अनुरूप न खानाको टुंगो छ न त बास बस्नक? श्रमिकहरुको यसरी चलिरहेको थियो बिगत एक वर्षदेखीको जिवन, पछी बिस्तारै पुनः सामान्य लयमा फर्किदै गरेको श्रमिकहरुको यात्राले, हामीलाई लाग्यो परिस्थिति सामान्य हुनेछ तर कोरोनाले फेरी त्यही परिस्थिति शुरू गर्यो । गत वर्षको तुलानामा अहिले झन कोरोना दर दैनिक वृद्धि भइरहेको छ।

यो भाइरसले गरीब र धनी नभनी कैयनको जीवनलाई नष्ट गर्यो लाखौं परिवारहरूलाई सडकमा पुर्याएको छ। लाखौ गरीब भोक, प्यास र वेदनाहरू बोकी बाटो भौतारी रहेका छन। अहिलेसम्म विश्वभर कार्यरत हजारौ नेपालीहरुको जागीर खोसिएको छ, साना तिना उद्योगहरू बन्द अवस्थामा छन भने देश भित्र पनि रोजगारीको ठुलो संकट छ। यस्तो अवस्थामा अर्थव्यवस्था पनि चाहे जसरी फैलीन सकेको छैन ।

विश्वमा अहिले कोरोना विरूद्धको खोप आइसकेको कारण मानसिक रूपमा अलि कम डर बोकेर बसेका हामी मानव जातिलाई केही राहत प्राप्त भएको छ। तर, दिन आए पछि कुनै पनि बेला कुनै पनि कारणले यो संसारबाट बिदा हुन पर्ने वास्तविकतालाई भने स्वीकार गर्नै पर्छ।

कोरोनाकै कारण कुवेतबाट छुट्टीमा गएका हजारौ कामदारहरुको भिसा रद्दले झन पिडा थपको छ। त्यसै त रोजगारिको खोजीमा वर्षौ भौतारीरहेका हामी अझ त्यो माथी राम्रो चलीरहेको जागीर नै खोसिदा कस्तो पिडा होला? हामी आफै अनुमान गर्न सक्छौ।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...