Saturday 8th August 2026

कविताः मेरी आमा -कमला पाण्डेय तिवारी


दिनरात आउँछ याद आमा हजुरको मलाई ।
प्रदेशमा छु नि आमा मुटु जलाई जलाई ।।

हाँस्ने खेल्ने रमाउने कलिलोथ्यो उमेर ।
भाग्यको नै खेल होला प्रदेश ल्यायो घुमेर ।।

सधै आउछ चाडपर्व जानुपर्ने साहु ।
हृदयमा नमेटिने आमा छ नि मेरो घाउ ।।

मलमपट्टी लाउन भनी यो दुखेको घाउमा ।
पसिनामा पैसा साट्दै आमा यो बिरानो ठाँउमा ।।

प्रदेशमा छु नि आमा छैन दिने पानी ।
यसै बित्यो प्रदेशमा मेरो जिन्दगानी ।।

दाजुभाइ दिदीबहिनी छन् नि सबै काखमा ।
यताउता खोज्छेउ होला आमा तिम्रो साथमा ।।

छोराछोरी घरपरिवार आउछ याद सबको ।
यो पिडालाई कसो गरि बुझाउ आमा मनको ।।

आखा बाट आउँछ आशु भेल सरी बगेर ।
तिमी पनि रुन्छेउ होला आमा छोरी खोई भनेर ।।

बादल छायो पानीपर्यो घामलागे घमाईलो ।
कोहि छैन साथमा आमा के लाग्थ्यो र रमाइलो ।।

आउँछन् होला ईष्टमित्र साथी भाई ।
आमा कति रुन्छेउ होला सम्झेर मलाई ।।

कति मिठो पबित्र छ आमा तिम्रो नाम ।
बाटो हेर्दै हौली आमा छोडी सबै काम ।।

छिटै फर्कि आउनेछु आमा बाचा गरे मैले ।
आशु भयो भरी मन गरुङ्गो बिदा लिए अहिले ।।।

कमला पाण्डेय तिवारी
हाल:इजरायल


सम्बन्धित शीर्षकहरु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्।…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न…

प्रतिकृयाहरू
...