Sunday 11th April 2021

बुद्धकालिन उपासिकाहरू


पुष्कर अथक रेग्मी – छब्विस सय वर्ष अघि नेपालको तराई देवदह नगरका राजा अञ्जन र रानी सुलशणीका जेठी छोरी महामायादेवी हुन भने कान्छि छोरी महाप्रजापति गौत्तमी हुन् । यी दुवै दिदि बहिनीको विवाह कपिलवस्तुका राजा शुद्धोदानसँग भयो । मायादेवीको कोखबाट सिद्धार्थ गौतम जन्मिए भने गौत्तमीको कोखबाट नन्दकुमार जन्मिए।

मायादेवीको स्वर्गारोहण चौडै भएकोले गौतमीले आफ्नो सन्तानलाई धाई आमाको जिम्मा लगाई दिदीको सन्तानलाई आफ्नो बनाई लालनपालन गरिन् । गृहत्याग गरेको लामो समयसम्म गौत्तमीले सिद्धार्थको मुख देख्न पाइनन्। बुद्ध बनेर आइसकेपछि मात्र गौत्तमीले सन्तोषको श्वास फेरिन । धर्मोपदेश सुन्ने क्रममै राजा शुद्धोधनको परिनिवोण भयो । गौत्तमी एस्ती भईन्। उनले तीन तीनपटक सम्म भिक्षुणी हुन्छु भनी बुद्धसंग अनुमति मागिन तर पाइनन् । निकैनै कठोर प्रतिक्षा र याचनापछि उनी भिक्षुणी भईन् । चालीस वर्षसम्म उनले अग्रैमहिणी भएर धर्मदेशना दिई रहिन्।

दानशीला विशाखा
अङ्गराज्यको मद्धिय नगरका मेण्डक ब्राहमणकी नातिनी धनञ्जय र सुभानीको पुत्री विशाखा हुन् । श्रावस्तीका सेठ मिगारका पुत्र पुण्यबर्धनसँग उनको विवाह भयो । विशाखाका सेठ मिगारका तथागतको उपासक बने । विशाखा दानी बन्दै गईन् । उनलाई “मिगार माता” भनियो । विशाखाले बुद्धसँग चीवर दान गर्न सकूँ भोजन दान गर्न सकूँ, औषधी दान गर्न सकूँ, खीर दान गर्न सकूँ, लूगा दान गर्न सकूँ भनी बर मागिन । अन्ततः विशाखाले भिक्षु संघको लागि दुई तल्ले “पूर्वराम विहार” दान गरिन् र उनी खानशीला विशाखाको नामले प्रतिष्ठापित भईरहिन् ।

गणिका अम्बपाली
वैशाली नगरको औयको बगैचामा अकस्मत देखिएकी बालिकाको नाम अम्बपाली राखियो। अत्यन्त रुपवती भएकीले न्यायधिसले उनलाई गणिका घोषित गरिदिए । मगध नरेश बिम्बिसार छद्म भेषमा आएर उनीसंग रात बिताए। फलस्वरुप छोरा विमल कोण्डञ्य जन्मिए। कोण्डञ्यको प्रभाव र धर्मदेशना श्रवणले गरिनी उपासिका बनिन् । अम्बपालीको कर्मसंग लिच्छबीकुमारहरू हारिरहे। आम्रवनमा निर्मित अम्बपाली बिहार उनले भिक्षुसंघलाई दान गरिन । पुत्र कोण्डञ्यको धर्मकथा सुनेर बुद्ध शासनमा प्रव्रजित भईन् ।

क्षेत्रीकन्य रोहिणी
कपिलवस्तु राज्यको स्थवीर अनिरुद्धकी बहिनी रोहिणी थिईन् । चर्मरोगले ग्रसित उनी बुद्धको उपासिका बनिन्। उनले आफ्नो आमरण बेचीभिक्षुहरूका लागि आसनमाला बनाईन् । दिनहुँ आसनमालाको सरसफाई गर्दागर्दै अनको चर्म रोग निको भयो । अतितको कुकर्मले चर्मरोगी भएकी उनी बर्तमानको सुकर्मले शक्र देवेन्द्रकी अतिप्रिया भइन् ।

धम्मदिना
पद्मोत्तर बुद्धको पालामा हंसावती नगरको कुलगृहमा धम्मदिना नाम गरेकी एक रासी थिईन् । उनका प्रार्थनाबाट खुशीभई भगवान तथागतले शक्यमुनि बुद्धको पालामा धर्मकथिकाको अग्रस्थानमा हुने छौं भनी भविष्यवाणी गरे । भगवान बुद्धको पालामा जन्मिएर उनले हरेक प्रश्नको उत्तर दिन सक्ने धम्मदिना स्थविरा भएकी थिईन् ।

उत्पलवर्णा
श्रावस्ती नगरमा एक धनाढ्य कुलमा जन्मिएकी कन्या उल्पलवर्णा अति सुन्दर थिईन् । सबै कुमारहरू उनीसँग विवाह गर्न आतुर भएकाले उनका बाबु डराए र छारीलाई भिक्षुणी हुन अनुरोध गरे । उनी प्रबूजित भईन्। अन्धवनमा कुटी बनाएर बस्न लागिन्। काम, क्रोध, लोभ, मोह, अहंकारलाई जितेर बसिन । उत्पलवर्णाका अलौलिक शक्ति देखेर भगवान बुद्धले उनलाई अग्र भिक्षुणी ऋद्धिमती उत्पलवर्णाको सम्मान दिनुभयो ।

सुप्रिया
वाराणसी नगरको एक सम्पन्न परिवारमा सुप्रियाको जन्म भयो। विवाहपच्छात पनि उनी दानधर्ममा लागिरहिन् । सुप्रियाका पति पनि श्रद्धादान भक्तिमा लागि रहे। यिनीहरूले भिक्षुसंघको आवश्यकता पूरा गर्दै रहे। भिक्षुको याचना पूरा गर्न उनले आफ्नै तिघ्राको मासुको झोल बनाएर दिईन् । यस्तो कुरा थाहा पाएर भगवान सास्वत उनीकहाँ आई आशिर्वाद दिनुभयो । उनको घाउ सन्चो भयो । उनी अग्र उपासिका सेविकाको नामले चर्चित भईन् ।

सुजाता
अरुवेला प्रदेश सेनानीको रुपगुण सम्पन्न सुपुत्रीको नाम सुजाता थियो । प्रकृतिप्रेमी भएकीले उनले बरको रुखमा गाईको शुद्ध दुधको खीर चढाउथिन् । रुख सधैं लिपपोत गरी सफा सुग्घर राख्थिन् । एकदिन भगवान बुद्ध यसै रुखमुनि आएर बसे सुजाताले खीरदान गरिन् । खीर ग्रहण पश्चातै बुद्धत्व प्राप्ति भयो । बौधिशान प्राप्त भएपछि सबैभन्दा पहिला भगवानको शरणमा जाने सुजाता पहिलो उपासिका हुन् ।

उल्लेखित बुद्धकालीन उपासिकाहरूको संक्षिप्त जीवन कर्म “बुद्धकालीन उपासिकाहरू (भाग ः एक)” भित्र सङ्गृहित छन् । बौद्ध दर्शनमा रुचि राख्ने महिला लेखक धर्मी शाक्यद्वारा लिखित प्रस्तुत संग्रह आध्यात्मिक साहित्यिक कृति हो । पिता धर्मरत्न बज्राचार्य र माता रत्नकुमारी बज्राचार्यको सुपुत्री तथा साहित्यकार देवेन्द्रराज शाक्यको धर्मपत्नी धर्मी शाक्यको जन्म वि.सं. २०१२ साल असार १२ गते बुटवलमा भएको हो ।
अडतीस बर्षसम्म शिक्षण पेशामा सम्लग्न रशी सेवा निवृत्त धर्मीले आठ पटकसम्म रक्तदान गर्नुका साथै सामाजिक एवम् आध्यात्मिक संघसंस्थामा रही समाजसेवी एवं दानदातृको रूपमा आफूलाई अग्रसर गराउँदै आएकी छिन्। धम्म चक्कपवसन सुत्त(२०७४), आषाढ पूणर्िमा(२०७५), भद्रा कुण्डलाके (२०७५), बुद्धकालीन उपासिकाहरू पहिलो भाग (२०७५) र बुद्धकालीन भिशुणी एवं उपासिकाहरू (२०७५) उनका प्रकाशित कृतिहरू हुन् भने बुटवलमा बुद्धधर्म (२०७५) संयुक्त प्रकाशित कृति हो । बुद्ध धर्म र हःखा सन्तति, धर्मीका कविताहरू उनका प्रकाशोन्मुख कृतिहरू हुन् । कुशल गृहणीको भुमिका निर्वाह गर्नुका साथै र लामो समयसम्म शिक्षण पेशामा सम्लग्न रहनु, समाजसेवी र दानदातृको रूपमा समेत क्रियाशील रही स्वाध्ययनद्वारा बौद्ध वाङ्मयको क्षेत्रमा शोध खोजपुर्ण कार्य गरी साहित्यको सेवा गर्न उनको बैशिष्टयता हो । प्रस्तुत कृति बुद्धकालीन उपासिकाहरू बुद्धकालीन इतिहासको रूपमा आएको छ । यस कृतिलाई इतिहास, जीवन, कथा, उपासिकाहरूको कर्म, बौद्धकालीन भिक्षु भिक्षुणीको कर्म आदि जे जसरीको रूपमा समेत अध्ययन गर्न गराउन सकिन्छ । विशेषत ः आठजना उपासिकाहरूलाई केन्द्रित गरी जीवनकर्मलाई आधारमानी तयार पारिएको कृतिभित्र कथा र उपकथाहरू भेटिन्छन् । बुद्धकालीन भूत, वर्तमान र भविष्यको समेत चर्चा गरिदिनुका साथै केही विहारहरू र उपपात्रहरूको समेत जानकारी दिइएको छ । बुद्धको अर्ति उपरेश, धम्मदेशना, आचार संहिता अनुशासनका नियमहरू समेत कथा कथन एवं सम्वारात्मक शैलीहरूमा अध्ययन गर्न सकिन्छ ।
कृति भित्र बुद्धमाला महामायादेवी, सुजाताद्वारा बुद्धलाई खीर दान, राजकुमार सिद्धार्थ पत्नी यशोधराका साथमा रहेको दुर्लल चित्रका तस्विरहरू समेत सङ्ग्रृहित छन् । मूल ग्रन्थ तीनवटा र सहायक सामग्री तेह्रवटा गरी जम्मा सोह्रवटा सन्दर्भ सामग्रीको अध्ययन गरी तयार पारिएको यो कृति एतिहासिक आध्यात्मिक बौद्ध शिक्षा र बौद्ध वाङ्मयमा आधारित अनुसन्धानमूलक उदाहरणीय एवं संग्रहणीय कृति हो ।
भाषा शुद्दिकरण र सम्पादनको पक्षमा अझ ध्यान दिई पात्रहरूको चरित्री करणलाई अझ विशिष्टिकृत बनाउदै लागिएको भए कृतिमा अझ सुनमा सुगन्ध थपिने थियो । समग्रमा भन्नुपर्दा लेखकले संग्रहलाई सत्यतथ्य घटनाक्रमको आधारमा मौलिक बनाएकोले कृती रोचक, पठनीय, महनीय, एवं अनुसन्धाननीय रहेको छ। बुद्धकालीन समाजको ऐतिहासिकलाई उजागर गर्दै महत्वपूर्ण कृति प्रकाशित गर्ने बौद्ध माहिला उपासिका आध्यारिमक नारी साहित्यकार धर्मो शाक्यद्वारा आध्यात्मिक बौद्धिक खुराकमय अन्यन्य कृतिहरू प्रकाशित हुँदै जाउन् । सुदीर्घजीवनको शुभकामना ।


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन् । एमालेका तर्फबाट मन्त्री बनेकाहरूले दिएको…

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको तीन महीनामा ७ लाख ६ हजारले भन्दा बढिले कोरोना विरूद्धको खोप लगाएका छन…

तितोपाटी- केही दिन अगाडि एनआरएन, पोर्चुगलका कोषाध्यक्षले फर्जी टिकट र फर्जी रेमीट्यान्स बनाई सयौं नेपालीलाई ठगेका छन्। यसबाट पोर्चुगलमा ठगलाई…

प्रतिकृयाहरू