Wednesday 30th September 2026

‘आफन्त’का नितान्त राजनीतिक समसामयिक ५ मुक्तकहरू


१,
भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती
खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति
टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ
भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती ।।
२,
सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ
कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ
कुलङ्घारहरुको दिनहुँको, रडाको र कचकच
तीन बर्ष नपुग्दै संबिधान, खल्लो बनाए यहाँ ।।

३,
देख्नु भयो नि ए दाजै, पारा छेपारेहरु’को
जता ढल्क्यो डाली उतै, आरा बेसारेहरुको
ढलिमली सत्ता उनैको, उनैको बसीबसी भत्ता
के विश्वाश गर्नु र राजै, दारा चेपारेहरु’को ।।

४,
न ईज्जत नै राखे काला, कोटको तिनले
न भरोशा दिए जनताको, भोटको तिनले
खै कस्ता मान्छे छिरेछिरे, सम्सदमा पनि
केवल रङ्ग चिने ती राता, नोटको तिनले ।।

५,
भोलि कानुनका, किताब खोज्नेछन् जनताले
अत्याचारमा छन्, निसाफ खोज्नेछन् जनताले
के कति भ्रस्टचार गरे, के कति हिनामिना
पक्कै एक दिन, हिसाब खोज्नेछन् जनताले ।।

-श्रीभक्त पौडेल”आफन्त”
रामपुर चितवन, हालः स्पेन ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...